Logo

२०८१, बैशाख ७ गते शुक्रवार

२०८१, बैशाख ७ गते शुक्रवार

लुडो खेल विरूद्ध अदालतमा मुद्दा 

लुडो खेल विरूद्ध अदालतमा मुद्दा 

  • 1.0K
    SHARES
  • लुडो खेल विरूद्ध अदालतमा मुद्दा 

    काठमाडौं । लुडोलाई भाग्यको खेल (ग्याम्बलिंग) का रुपमा घोषित गर्न भारतको मुम्बई उच्च अदालतमा एउटा रिट दर्ता भएको छ । यो रिट महाराष्ट्र नवनिर्माण सेनाका अधिकारी केशव मुलेका तर्फबाट दायर गरिएको हो ।

    images

    अदालतमा दायर गरिएको मुद्दामा मानिसहरु लुडो सुप्रिम एपमा पैसा बाजी राखेर खेलिरहेका छन्, जुन जुवा प्रतिबन्ध ऐनको धारा २, ४ र ५ अन्तर्गत पर्छ । यसकारण एपसँग सम्बिन्धत व्यवस्थापकलाई कारवाही गर्नु आवश्यक छ भनिएको छ । 

    निवेदकको भनाइ अनुसार यस खेलमा मानिसहरु ५/५ रुपैयाँ बाजी राखेर खेल्दा जित्ने व्यक्तिले १७ रुपैयाँ पाउँछ, त्यही एप चलाउने व्यक्तिले ३ रुपैयाँ प्राप्त गर्छ । यस मुद्दामा अदालतले सबै राज्य सरकारलाई नोटिस जारी गरेको छ । मुद्दामाथि जुन २२ मा सुनुवाई हुनेछ । यस मुद्दाको बारेमा सर्वप्रथम मजिस्ट्रेट अदालतमा निवेदन गरिएको थियो ।

    मजिस्ट्रेट अदालतले लुडोलाई सीपको खेलको रूपमा लिने एफआईआर दर्ता गर्न निर्देशन दिन अस्वीकार गरेको थियो । बिहीबार यस रिट अदालतका न्यायाधीश एसएस सिन्दे र अभय अहुजासमक्ष पेश गरिएको थियो । केशव मुलेका वकील निखिल मेंगडेले लुडोको नाममा जुवा खेलिरहेको र युवाहरू यसप्रति बढी आकर्षित भइरहेकाले अदालतले तत्काल हस्तक्षेप गर्न आवश्यक रहेको बताए । 

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology