Logo

२०८०, जेठ १९ गते शुक्रवार

२०८०, जेठ १९ गते शुक्रवार

images
images

माओवादीको चार दिने केन्द्रीय प्रशिक्षक प्रशिक्षण सुरु

माओवादीको चार दिने केन्द्रीय प्रशिक्षक प्रशिक्षण सुरु

  • 166
    SHARES
  • माओवादीको चार दिने केन्द्रीय प्रशिक्षक प्रशिक्षण सुरु

    काठमाडौं । पार्टी मुख्य कार्यालय पेरिसडाँडामा आयोजित नेकपा कम्युनिस्ट पार्टी माओवादी केन्द्रको केन्द्रीय स्कूल विभागको प्रशिक्षक प्रशिक्षण कार्यक्रम सुरु भएको छ ।

    images

    माओवादी केन्द्रले अर्थशास्त्र लगायत विषयमा आफ्ना नेताहरूलाई प्रशिक्षण तालिम आयोजना गरेको हो ।

    ७७ जिल्ला, प्रदेश, गैर–भौगौलिक जिल्ला र प्रदेश कमिटीबाट १५७ जनालाई तालिम दिन थालिएको हो ।

    मंगलबार माओवादीका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तालिमको उद्घाटन गरेका छन् ।

    ७ देखि ११ सम्म चल्ने तालिममा भोलिदेखि दर्शन अर्थशास्त्र, कार्यदिशा, विश्व अर्थव्यवस्था, विज्ञान, प्रविधि, महिला, जातीयता, समावेशितासँग सम्बन्धित विषय, योजना निर्माण र बजेट विनियोजन लगायतका विषयमा विज्ञबाट तालिम दिन लागिएको माओवादीले जनाएको छ।

    माओवादीले माघ २६ गतेदेखि चैतभर २ महिने संगठनात्मक सुदृढीकरण अभियान चलाइरहेको छ ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology