Logo

२०८०, चैत्र १५ गते बिहिवार

२०८०, चैत्र १५ गते बिहिवार

स्वतन्त्र पत्रकार संघ काठमाडौंको अध्यक्षमा पुष्करराज पाण्डे

स्वतन्त्र पत्रकार संघ काठमाडौंको अध्यक्षमा पुष्करराज पाण्डे

  • 272
    SHARES
  • स्वतन्त्र पत्रकार संघ काठमाडौंको अध्यक्षमा पुष्करराज पाण्डे

    काठमाडौं । स्वतन्त्र पत्रकार संघ नेपाल जिल्ला शाखा काठमाडौंको अध्यक्षमा पुष्करराज पाण्डे निर्वाचित भएका छन् ।

    images

    शाखाको मंगलबार राजधानीमा भएको छैटौं साधारणसभा तथा पाँचौं अधिवेशनले पाण्डेको अध्यक्षतामा नयाँ कार्यसमिति चुनिएको हो ।

    शाखाको उपाध्यक्षमा सावित्री बस्नेत, सचिवमा कृष्णराज तिमिल्सिना, सहसचिवमा अनिल पाण्डे र कोषाध्यक्षमा रीता श्रेष्ठ प्रधान चुनिएका छन् ।

    निर्वाचित पदाधिकारीलाई केन्द्रीय अध्यक्ष कृष्णप्रसाद बास्तोलाले अविर तथा फूलमाला प्रदान गरी बधाई दिएका थिए ।

    यसअघि अधिवेशनको उद्घाटन केन्द्रीय अध्यक्ष बास्तोलाले गरेका थिए ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology