काठमाडौं । नेपालको जैविक विविधताकाबारेमा अध्ययन अनुसन्धान हुनुपर्नेमा एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् ।
नेपाल इन्जिनियरिङ कलेज (नेक) प्राकृतिक स्राेत व्यवस्थापन संकायको आयोजनामा राजधानीमा सुरु भएको फिल्ड कोर्स अन कन्जरभेसन वायोलोजी एण्ड ग्लोबल हेल्थ विषयको पाँचदिने तालिमको उद्घाटन समारोहमा यस विषयमा जोड दिइएको हो ।
कार्यक्रममा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका निर्देशक डा.महेश्वर ढकालले नेपालका प्राकृतिक स्राेतसाधन र जैविक विविधताका विषयमा अध्ययन अनुसन्धान गर्न विश्वलाई नै आह्वान गर्न सकिने बताए । नेपालका प्राकृतिक स्राेतसाधन तथा जैविक विविधको अध्ययन अनुसन्धानबाटै मुलुकको आर्थिक स्राेत मजबुत बनाउन सकिने सम्भावना पनि उनले औंल्याए ।
मुलकुको प्राकृतिक स्राेतसाधन तथा जैविक विविधतको महत्वबारे लामो चर्चा गर्दै उनले प्राकृतिक स्राेतसाधन तथा जैविक विविधमा हामी अनुसाशित हुनुपर्ने बताए ।
कार्यक्रममा मुख्य प्रशिक्षकको रुपमा युनिभर्सिटी अफ बासिंगटनबाट आएका मुख्य प्रशिक्षक प्रा.डा.राइन्डल काइजले तालिममा प्राकृतिक स्राेतसाधन तथा जैविक विविधतको अध्ययन अनुसन्धानको प्रयोगात्मक विधिबारे चर्चा गरे ।
साथै उनले यस अवसरमा प्राकृतिक स्राेतसाधन तथा जैविक विविधतको अध्ययन अनुसन्धानका लागि प्रयोग हुने उपकरणबारे पनि जानकारी दिने बताए । साथै उनले तालिममा प्राकृतिक स्राेतसाधन तथा जैविक विविधतको अनुसन्धानका सैद्धान्तिक कुराकानी पनि जानकारी गराइने बताए ।
त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक लक्ष्मण खनालले छोटा अवधिको तालिमले अनुसन्धानका विविध विषयहरुबारे जानकारी प्राप्त गर्न नसकिने भन्दै यस्ता तालिमको निरन्तरताको आवश्यकताबारे चर्चा गरे ।
नेकको प्राकृतिक स्राेत व्यवस्थापन संकाय प्रमुख डा.नारायण कोजूले प्राकृतिक स्राेतसाधनमा विश्वले गरेको अनुभबको आदानप्रदान गरी कार्यक्रम चल्ने जनाए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology