Logo

२०८०, चैत्र १६ गते शुक्रवार

२०८०, चैत्र १६ गते शुक्रवार

भारतमा ६.६ रेक्टर स्केल भूकम्पको धक्का, पाकिस्तान र अफगानिस्तानमा पनि भूकम्पको तीव्र झड्का  

भारतमा ६.६ रेक्टर स्केल भूकम्पको धक्का, पाकिस्तान र अफगानिस्तानमा पनि भूकम्पको तीव्र झड्का  

  • 353
    SHARES
  • भारतमा ६.६ रेक्टर स्केल भूकम्पको धक्का, पाकिस्तान र अफगानिस्तानमा पनि भूकम्पको तीव्र झड्का  

    नयाँ दिल्ली । भारतको राजधानी दिल्लीसहित पाकिस्तान र अफगानिस्तानमा मंगलबार अबेर राति भूकम्प गएको छ । 

    images

    अफगानिस्तानको फैजावाद केन्द्र बनाएर भूकम्प गएको थियो । भारतको जयपुर मौसम विज्ञान केन्द्रले यहाँ गएको भूकम्प ६.६ रेक्टर स्केल मापन गरिएको जनाएको छ । भारतको दिल्ली, राजस्थान, जम्मु कश्मीर, उत्तरप्रदेशका धेरै जिल्ला भूकम्पको धक्काले राम्रैसँग हल्लाएको थियो । 

    शक्तिशाली भूकम्पको धक्काका कारण मानिसहरु घरबाट बाहिर निस्किएका थिए । राति करिब साढे १० बजे भुकम्पको तीव्र धक्काले भारतको राजधानी दिल्ली लगायतको क्षेत्रलाई हल्लाएपछि मानिसहरु घरबाट भागेर सडकमा पुगेका थिए । भूकम्पबाट भएको नोक्सानको विवरण भने आइसकेको छैन् । 

    त्यसैगरी पाकिस्थानको मौसम विज्ञान विभागले  त्यहाँ गएको भूकम्पको तीव्रतालाई ६.८ रेक्टर स्केल मापन गरेको छ ।

    अमेरिकी भूवैज्ञानिक सर्वेक्षणका अनुसार अफगानिस्तानकाे जुर्ममा भूकम्प ६.५ रेक्टर स्केल मापन गरिएकाे छ । 

  • सम्बन्धित विषय:

  • # भूकम्प

  • सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology