Logo

२०८१, बैशाख ८ गते शनिवार

२०८१, बैशाख ८ गते शनिवार

भूकम्पबाट पाकिस्तानमा १२ जनाको मृत्यु, १७५ घाइते 

भूकम्पबाट पाकिस्तानमा १२ जनाको मृत्यु, १७५ घाइते 

  • 270
    SHARES
  • भूकम्पबाट पाकिस्तानमा १२ जनाको मृत्यु, १७५ घाइते 

    इश्लामावाद । पाकिस्तानमा मंगलबार अबेर राति आएको भूकम्पले गरेको क्षतिका विवरण बुधबार बिहानबाट आउन थालेका छन् । पाकिस्तानी अधिकारीहरुका अनुसार भूकम्पका कारण १२ जनाको मृत्यु भएको छ । 

    images

    पाकिस्तानबाट आएको प्रारम्भीक क्षतिको विवरणअनुसार १२ जनाको मृत्यु र १७५ जना घाइते भएका छन् । बिहान उज्यालो भएपछि भूकम्प प्रभावित क्षेत्रमा क्षतिको विरण संकलन कार्य तीव्र बनाइएको छ । राति गएको भूकम्पले तीव्र झड्का अफगानिस्तान, भारत र पाकिस्तानको धेरै ठाउँमा महशुस भएको थियो । 

    पाकिस्तानको पख्तुनख्वा प्रान्तको क्षतिको विवरण मात्र आएको विविसीले जनाएको छ । पाकिस्तानमा मंगलबार राति गएको भूकम्प ६.८ रेक्टर स्केल मापन गरिएको थियो । भूकम्पको केन्द्रविन्दु अफगानिस्तानको हिन्दुकुश क्षेत्र मानिएको छ । भूकम्पले धेरै घरहरु पनि ढलेको विवरणमा उल्लेख छ । 

    भारतमा ६.६ रेक्टर स्केल भूकम्पको धक्का, पाकिस्तान र अफगानिस्तानमा पनि भूकम्पको तीव्र झड्का   भारतमा ६.६ रेक्टर स्केल भूकम्पको धक्का, पाकिस्तान र अफगानिस्तानमा पनि भूकम्पको तीव्र झड्का  

  • सम्बन्धित विषय:

  • # भूकम्प

  • सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology