Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

संघीयतामा जनताले विकासको अनुभूति गरेका छन् : मुख्यमन्त्री कार्की

संघीयतामा जनताले विकासको अनुभूति गरेका छन् : मुख्यमन्त्री कार्की

  • 334
    SHARES
  • संघीयतामा जनताले विकासको अनुभूति गरेका छन् : मुख्यमन्त्री कार्की

    काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्कमतकुमार कार्कीले संघीयतामा जनताले विकासको अनुभूति प्राप्त गरेको बताएका छन् ।

    नेपाल समाजशास्त्र संघ काठमाडौं र महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस विराटनगरद्वारा आज यहाँ आयोजित ‘नेपालमा संघीयता : अवसर र चुनौती’ विषयक अन्तर्क्रियामा उनले भने, ‘संघीयता स्थापनापछि प्रदेशमा एक सय ५० संरचना निर्माण गरी इतिहास कायम गरेको छ ।’

    मुख्यमन्त्री कार्कीले प्रदेश सरकार स्थापनापछि पाँच वर्षको अवधिमा बहुवर्षे आठ सय किलोमिटर सडक कालोपत्र भएको र आगामी दुई वर्षभित्र थप तीन सय किलोमिटर कालोपत्र हुने जानकारी दिए ।

    नेपालका लागि संघीयता आवश्यक रहेको बताउँदै उनले संघीयताको अभ्यासलाई व्यवहारिक बनाउनुपर्नेमा जोड दिए । मुख्यमन्त्री कार्कीले संघीयतामा संविधानले प्रत्याभूत गरेको अधिकार प्रदेशलाई दिनुपर्ने बताउँदै सरकार जनताप्रति उत्तरदायी भएको धारणा व्यक्त गरे ।

    उनले संघीयताको उपलब्धिका रूपमा रहेको शान्ति, सुरक्षा सुदृढ र जनताले सुरक्षाको अनुभूति गरेको विचार रोख । मुख्यमन्त्री कार्कीले भने, ‘केन्द्रले संघीयता कार्यान्वयनमा उदार भएमा विकास, सुरक्षामा उल्लेखनीय र गुणात्मक सुधार हुनेछ ।’

    गण्डकी विश्वविद्यालयका कुलपति प्राडा गणेशमान गुरुङले जनताले रोजगारी, समृद्धिमा सङ्घीयताको अनुभूति गर्न सक्ने बताए । समाजशास्त्रका उपाध्यक्ष विश्वकल्याण पराजुलीले जनताको समावेशी समानुपातिक प्रतिनिधित्वले संघीयता बलियो हुने बताए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij