Logo

२०८१, बैशाख ७ गते शुक्रवार

२०८१, बैशाख ७ गते शुक्रवार

खप्तड गोल्डकपको उपाधि थ्री स्टारलाई

खप्तड गोल्डकपको उपाधि थ्री स्टारलाई

  • 183
    SHARES
  • खप्तड गोल्डकपको उपाधि थ्री स्टारलाई

    धनगढी । धनगढीमा जारी छैटौँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकपको उपाधि थ्री स्टार क्लबले जितेको छ । 

    images

    आज भएको फाइनलमा अघिल्लो संस्करणको विजेता मनाङ मस्र्याङ्दी क्लबलाई २-० गोल अन्तरले पराजित गर्दै थ्री स्टारले उपाधि जितेको हो । थ्री स्टारलाई उपाधि दिलाउन विक्रम लामा र अनिल महर्जनले गोल गरे । 

    खेलको ७३औँ मिनेटमा अनिल महर्जनले फ्रि किकमार्फत थ्री स्टारलाई सुरुवाती अग्रता दिलाएका थिए । खेलको इन्जुरी समयमा विक्रम लामाले हेड गोल गर्दै थ्री स्टारको जित सुनिश्चित गरे । 

    फाइनल खेलको ‘एसपीए म्यान अफ दि म्याच’ थ्री स्टारका अनिल महर्जन चुनिए । उनले रु १० हजार पुरस्कार पाए । उपाधिसँग थ्री स्टारले रु २१ लाख प्राप्त गरेको छ । उपविजेता बनेको मनाङले रु १० लाख पाएको छ । विधागत तर्फको पुरस्कारमा थ्री स्टारको वर्चश्व रह्यो । 

    प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी थ्री स्टारका कप्तान विक्रम लामा बने । उनले नगद रु एक लाख पुरस्कार पाए । उत्कृष्ट गोलरक्षक थ्री स्टारका मोहम्मद ताहा रहे । उत्कृट डिफेण्डर थ्री स्टारका पिटर सेगुन, उत्कृष्ट  प्रशिक्षक थ्री स्टारका मेघराज केसी रहे । 

    उत्कृष्ट मिडफिल्डर मनाङका विशन गुरुङ र सर्वाधिक गोलकर्ता मनाङका सायीजमल घोषित भए । विधागत तर्फका उत्कृष्टले जनही रु १५ हजार प्राप्त गरे । सुदूरपश्चिम–११ का दीपेन्द्र मलासी उदयमान खेलाडी चुनिए । उनले रु २५ हजार पुरस्कार प्राप्त गरे । 

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology