Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

सेकुङ तालमा आन्तरिक पर्यटककाे आगमन बढ्दै 

सेकुङ तालमा आन्तरिक पर्यटककाे आगमन बढ्दै 

  • 253
    SHARES
  • सेकुङ तालमा आन्तरिक पर्यटककाे आगमन बढ्दै 

    मुस्ताङ । प्राकृतिक सौन्दर्यले भरिपूर्ण मुस्ताङको महत्वपूर्ण पर्यटकीयस्थल हो, सेकुङ ताल । यो ताल मुस्ताङको थासाङ गाउँपालिका-२ मा पर्दछ ।

    जहाँ पछिल्लो समय आन्तरिक पर्यटकको आगमनमा वृद्धि हुँदा तालको गरिमा झन् बढेर गएको छ । सडक सञ्जालले छोएपछि दैनिक सयौँको संख्यामा पर्यटक आउन थालेको स्थानीयवासी बताउछन् ।

    बहुचर्चित बेनी-जोमसोम-कोरोला सडकखण्ड अन्तर्गत मुस्ताङको थासाङ गाउँपालिका-२ मा पर्ने यो तालसम्म पुग्न अहिले लगभग प्रन्ध्र मिनेट लाग्छ । एक वर्ष अगाडि तालसम्म पुग्न पैदलमार्फत जानुपर्ने बाध्यता थियो ।

    पैदल जाँदा करिब डेढ घण्टा लाग्थ्यो । तालबाट दुई ठूला हिमाल धौलागिरि र निलगिरि देख्न सकिन्छ । ताल समुद्री सतहदेखि दुई हजार सात सय २५ मिटर उचाइमा अवस्थित छ।

    तालसम्म पुग्न व्यवस्थित सडक निर्माण सँगसँगै ताल वरपर रिङरोड, पार्किङ, प्रतिक्षालय लगायतका भौतिक पूर्वाधार समेत निर्माण गरिएको वडा नं-२ का अध्यक्ष गौतम शेरचनले बताए ।

    मुस्ताङ जिल्लामा मात्रै करिब आधा दर्जनभन्दा बढी तालतलैया छन् । जसमा अत्यन्तै चर्चित ताल ढुम्बा हो । यो घरपझोङ गाउँपालिका-५ मा पर्छ । तर अहिले सेकुङ ताल पनि आन्तरिक पर्यटकको प्रमुख रोजाइमा परेको वडाध्यक्ष शेरचनको भनाइ छ ।

    थासाङ गाउँपालिकाभित्रका प्रमुख आकर्षणको रूपमा रहेको टिटी ताल र भुछर ताललाई समेत विभिन्न निकायले संरक्षण र व्यवस्थापनमा आवश्यक पहलकदमी चालिरहेको अध्यक्ष शेरचनले जानकारी दिए ।

    गत वर्ष मात्रै तीन वटा तालको संरक्षण र प्रवर्द्धन गर्नको लागि संघीय सरकारले गुरुयोजना बनाएर एक करोड ५० लाख बजेट विनियोजनसमेत गरेको थियो । पर्यटकलाई त्यहाँसम्म जाने वातावरण निर्माणका लागि विशेषतः प्रचारप्रसारको खाँचो देखिएको वडाध्यक्ष शेरचनको भनाइ छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij