Logo

२०८०, चैत्र १६ गते शुक्रवार

२०८०, चैत्र १६ गते शुक्रवार

विपक्षीसँग खेल्दा सम्बन्ध सुधार हुन्छ : केपी ओली

विपक्षीसँग खेल्दा सम्बन्ध सुधार हुन्छ : केपी ओली

  • 183
    SHARES
  • विपक्षीसँग खेल्दा सम्बन्ध सुधार हुन्छ : केपी ओली

    लुम्बिनी । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले खेल क्षेत्रलाई उपेक्षा नभई थप महत्त्व दिनुपर्ने बताएका छन् ।

    images

    उनले खेल क्षेत्रबाट राष्ट्रिय पहिचानलाई थप उज्यालो गरी देखाउन सकिने उल्लेख गर्दै खेलाडीलाई सरकारले थप प्रोत्साहन गर्नुपर्नेसमेत बताए ।

    विश्व खेलकुद दिवसका अवसरमा मदन भण्डारी स्पोर्ट्स एकेडेमीको दोस्रो साधारणसभाको आज बुद्ध जन्मस्थल लुम्बिनीमा उद्घाटन गर्दै अध्यक्ष ओलीले खेलकुद जीवनका लागि अपरिहार्य भएको र खेलकुदले मित्रता र आत्मीयता अभिवृद्धिको काम गर्ने बताए ।

    उनले भने, ‘विपक्षीसँग खेल्दा सम्बन्ध सुधार हुन्छ । बिग्रेको मित्रता सुध्रिने, नभएको मित्रता प्राप्त हुन्छ ।’ उनले खेलकुदले व्यक्तिलाई शारीरिक र मानसिक स्वस्थ बनाउने मात्र नभएर असल राजनीतिक संस्कारसमेत सिकाउने बताए । 

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology