वेबटिभी खबर
काठमाडाैं । ललितपुरकाे पाटन संयुक्त क्याम्पसमा शनिबार भएकाे स्ववियु निर्वाचनमा नेविसंघका बागी उम्मेदवार विजयी भएका छन।
गए राति गरिएको मतगणनाको परिणामअनुसार सभापतिमा सुशील विष्ट १६९ मतान्तरले निर्वाचित भएका हुन्।
उनले ८४१ मत ल्याउँदा अनेरास्ववियुका उम्मेदवार सुरेश जिसीले ६७२ मत ल्याए।
नेविसंघका इकाइ उपाध्यक्षसमेत रहेका विष्टले स्वतन्त्र उम्मेदवारी दिएका थिए।
पाटनमा नेविसंघकै आन्तरिक विवादका कारण चैत ५ गतेका लागि तय भएको निर्वाचन रोकिएको थियो।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij