Logo

२०८१, बैशाख ८ गते शनिवार

२०८१, बैशाख ८ गते शनिवार

माग पूरा गराउन कस्सिए इसीडी शिक्षक, मन्त्रीदेखि सांसदसम्मलाई ज्ञापनपत्र [तस्बिरहरू पनि]

माग पूरा गराउन कस्सिए इसीडी शिक्षक, मन्त्रीदेखि सांसदसम्मलाई ज्ञापनपत्र [तस्बिरहरू पनि]

  • 1.7K
    SHARES
  • माग पूरा गराउन कस्सिए इसीडी शिक्षक, मन्त्रीदेखि सांसदसम्मलाई ज्ञापनपत्र [तस्बिरहरू पनि]

    काठमाडौं । नेपाल बालविकास शिक्षक केन्द्रीय समिति अध्यक्ष कृष्ण कुमारी थापा मगर नेतृत्वको नयाँ कार्यसमितिले आफ्ना पेसागत माग कार्यान्वयन गराउन मन्त्री तथा सांसदसम्मलाई ध्यानाकर्षण गराएको छ ।

    images

    २२ फागुनमा सम्पन्न पाँचौं महाधिवेशनबाट बनेको नयाँ कार्यसमितिले देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार पुगेर मन्त्री तथा सांसदहरूलाई ज्ञापनपत्र बुझाएको हो ।

    अध्यक्ष थापाको नेतृत्वमा केन्द्रीय कार्यसमितिको बैठक बसी नयाँ आर्थिक वर्ष २०८०/८१ को बजेट निर्माणलाई ध्यानमा राखी माग समेट्न ज्ञापनपत्र बुझाइएको हो । बैठकका लागि देशभर छरिएर रहेका पदाधिकारीहरू काठमाडौं आएका थिए ।

    कार्यसमितिले उपप्रधान तथा अर्थमन्त्री डा.प्रकाशशरण महत, सञ्चारमन्त्री तथा सरकारका प्रवक्ता रेखा शर्मा, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री  महिन्द्र राय यादव, सांसद गगन थापा, सांसद ज्ञानेन्द्र शाहीलाई ज्ञापनपत्र बुझाएको हो ।

    कार्यसमिति सदस्यहरूका अनुसार मन्त्री तथा सांसदले माग पूरा गर्ने आश्वासन दिएका छन् । इसीडी शिक्षकहरूले एकद्वारा प्रणालीबाट तलब, दरबन्दी, सेवासुविधा, गोल्डेन ह्याण्डसेकलगायत माग गर्दै आएका छन् ।  

    rekha s.jpg
     
    ecd m.jpg
    ecd s.jpg
     
    rekha.jpg
    ECD 1.jpg
    ECD 2.jpg
    ECD 3.jpg

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology