Logo

२०८३, कार्तिक २८ गते शुक्रवार

२०८३, कार्तिक २८ गते शुक्रवार

बँदेलको मासुसहित तीन पक्राउ

बँदेलको मासुसहित तीन पक्राउ

  • 981
    SHARES
  • बँदेलको मासुसहित तीन पक्राउ

    काठमाडौं । कञ्चनपुरस्थित शुक्लाफाँटा नगरपालिका-१० झलारी बजारबाट प्रहरीले टिपरमा अवैधरूपमा जंगली बँदेलको मासु लुकाएर लैजाँदै गरेका तीन जनालाई गएराति पक्राउ गरेको छ ।

    जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापा क्षेत्रीका अनुसार ना १ ख ५७७२ नंको टिपरमा बँदेलको मासु लग्दै गरेका वेदकोट नगरपालिका-६ का दिनेश चौधरी, शुक्लाफाँटा नगरपालिका-११ का विशाल टमटा र टिपर चालक मानबहादुर सुनार पक्राउ परेका छन् ।

    टिपरमा अवैधरूपमा जंगली बँदलेलको मासु लुकाएर लैजाने कार्यमा संलग्न तीनै जनामाथि प्रहरीले अनुसन्धान कार्य अगाडि बढाएको छ ।  टिपरसहित पक्राउ परेका तीनै जनालाई आवश्यक कारबाहीका लागि शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बुझाइने बताइएको छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij