Logo

२०८१, बैशाख ४ गते मंगलवार

२०८१, बैशाख ४ गते मंगलवार

ए डिजिन लिग फुटबल : थ्रीस्टार विजयी

ए डिजिन लिग फुटबल : थ्रीस्टार विजयी

  • 188
    SHARES
  • ए डिजिन लिग फुटबल : थ्रीस्टार विजयी

    काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा थ्रीस्टार क्लब विजयी भएको छ ।

    images

    सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको खेलमा थ्रीस्टारले हिमालयन शेर्पा क्लबलाई १-० गोलअन्तरले पराजित गरेको हो । 

    थ्रीस्टारको जितमा लाकेन लिम्बूले निर्णायक गोल गरे । उनले खेलको १४औँ मिनेटमा गरेको एक गोल नै थ्रीस्टारका लागि निर्णायक गोल सावित भयो ।

    त्यस्तै खेलको ४८औँ मिनेटमा हिमालयन शेर्पाका कप्तान विश्वास श्रेष्ठ पेनाल्टीमा गोल गर्न सकेनन् । थ्रीस्टारका पिटर सगुनले अबायोमीलाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि हिमालयन शेर्पाले पेनाल्टी पाएको थियो जसको सदुपयोग गर्न सकेन ।

    यस जितसँगै थ्रीस्टारले  १० खेलमा १८ अंक जोडेर अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । समान १० खेल नै खेलेको हिमालयन शेर्पा नौ अंक जोडेर अंकतालिकाको १३औँ स्थानमा रहेको छ ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology