Logo

२०८१, बैशाख ७ गते शुक्रवार

२०८१, बैशाख ७ गते शुक्रवार

क्रिकेट

सन्दीपको कीर्तिमान

सन्दीपको कीर्तिमान

  • 207
    SHARES
  • सन्दीपको कीर्तिमान

    काठमाडाैं । एसीसी मेन्स प्रिमियर क्रिकेट कपअन्तर्गत ओमानविरुद्धको खेलमा नेपालका लागि सन्दीप लामिछानेले आफ्नो पहिलो ओभरमै दुई विकेट लिएका छन् ।

    images

    १३औं ओभरमा आफ्नो पहिलो ओभर बलिङ गर्न आएका सन्दीपले तेस्रो बलमा ओमानका साफिक र अन्तिम बलमा ओमानका कप्तान जिसन मक्सुदलाई आउट गरे ।

    योसँगै सन्दीप लामिछानेले एकदिवसीय अन्तर्राष्ट्रियमा छिटो सय विकेट लिने खेलाडीको कीर्तिमान पनि बनाएका छन् । यसअघि यो कीर्तिमान अफगानिस्तानका रसिद खानको नाममा थियो ।

    रसिदले ४४ खेलमा सय विकेट पुर्‍याएका थिए । सन्दीपले ४२ खेलबाट यो रेकर्ड आफ्नो नाममा पारेका हुन् ।

    कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा ३१० रन बनाएको छ ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology