Logo

२०८०, चैत्र १६ गते शुक्रवार

२०८०, चैत्र १६ गते शुक्रवार

सफलता

नेपालको शानदार जित, ओमान ८४ रनले पराजित

नेपालको शानदार जित, ओमान ८४ रनले पराजित

  • 210
    SHARES
  • नेपालको शानदार जित, ओमान ८४ रनले पराजित

    काठमाडाैं । एसीसी मेन्स प्रिमियर क्रिकेट कपअन्तर्गत दोस्रो खेलमा पनि नेपालले शानदार जित हात पारेको छ । शुक्रबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालले ओमानमाथि ८४ रनको शानदार जित हात पारेको हो । यसअघि मंगलबार भएको खेलमा नेपालले मलेसियालाई ६ विकेटले हराएको थियो ।  

    images

    शुक्रबार ४६.३ ओभरमा ९ विकेट गुमाएको ओमानका ११ औं नम्बर ब्याट्सम्यानले चोटका कारण ब्याटिङ गर्न नआएपछि ओमान २२६ रनमा अलआउट भएको थियो । टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ३१० रनको विशाल योगफल तयार पारेको थियो ।

    नेपालका लागि सन्दीप लामिछाने र करण केसीले समान ३ विकेट लिए । आजको खेलमा विकेट लिएसँगै सन्दीपले एकदिवसीय अन्तर्राष्ट्रियमा छिटो सय विकेट लिने खेलाडीको कीर्तिमान पनि बनाएका छन् । यसअघि यो कीर्तिमान अफगानिस्तानका रसिद खानको नाममा थियो । नेपालको जितमा कुशल मल्लले कीर्तिमानी शतक प्रहार गरे ।

    रसिदले ४४ खेलबाट सय विकेट लिएका थिए । सन्दीपले भने ४२ खेलबाटै सय विकेट लिँदै कीर्तिमान बनाएका हुन् । अब नेपाल अर्को खेल वैशाख ११ गते साउदी अरबसँग खेल्ने छ । खेल मुलपानी क्रिकेट मैदानमा हुने छ । प्रतियोगिता वैशाख ५ देखि वैशाख १८ सम्म कीर्तिपुरस्थित त्रिवि मैदान र मुलपानी मैदानमा हुनेछ ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology