Logo

२०८१, बैशाख ६ गते बिहिवार

२०८१, बैशाख ६ गते बिहिवार

डढेलोले पाइप जलेपछि विद्यालयमा खानेपानी आपूर्ति बन्द

डढेलोले पाइप जलेपछि विद्यालयमा खानेपानी आपूर्ति बन्द

  • 191
    SHARES
  • डढेलोले पाइप जलेपछि विद्यालयमा खानेपानी आपूर्ति बन्द

    काठमाडौं । डढेलोले खानेपानीको पाइप जलेपछि हलेसी तुवाचुङ नगरपालिका-५ दुर्छिमस्थित रातमाटे आधारभूत विद्यालयमा खानेपानी आपूर्ति बन्द भएको छ ।

    images

    स्थानीय मार्से-सावाला-कुर्ले-सिद्धेबारी सामुदायिक वनमा लागेको डढेलोले रमितेपाखा मुहान भएको खानेपानी आयोजनाको पाइप जलेपछि रातमाटे आधारभूत विद्यालयम खानेपानी आपूर्ति बन्द भएको हो ।

    भिरैभिर भएको ठाउँमा जमिनमा गाड्न सम्भव नभएपछि बाहिरै तन्काएर राखिएको करिब पाँच सय मिटर खानेपानीको पाइप डढेलोले जलेको अध्यक्ष राजन राईले जानकारी दिए ।

    उनले भने, ‘प्यालाभिरबाट मुहानसम्मको खण्डमा पर्ने कतिपय पाइप जलेर टुक्राटुक्रा भएको र कतिपय पाइप पड्केर फुटेको छ । विद्यालयका लागि सञ्चालित खानेपानी आयोजनाको पाइप जलेपछि समस्या भएको छ । वैशाख ६ गते सुरु भएको डढेलो वन क्षेत्र डढिसकेपछि आफैँ निभेको छ । स्थानीय र प्रहरीले बस्ती नजिक पुगेको डढेलो नियन्त्रण गरेर घर जोगाएका छन् ।’

    साविक दुर्छिम-३ छापडाँडा तेलाभिरमा डढेलोले छाडिसकिएको केही घर जलेको निवर्तमान वडासदस्य फलामसिं राईले बताए ।

    डढेलोले वनस्पति खसाप पारेपनि अहिलेसम्म मानवीय क्षति भने भएको छैन । यस्तै डढेलोले जन्तेढुंगा गाउँपालिका-४ डम्बर्खुशिवालयस्थित कात्तिके सामुदायिक वन सखाप बनाएको छ ।

    वैशाख ६ गते साँझदेखि सुरु भएको भीषण डढेलोले सामुदायिक वन सखाप बनाएको हो । हावाहुरीका कारण डढेलो नियन्त्रण गर्न नसकिएको सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष नृपबहादुर चौलागाईँले बताए ।

    वन क्षेत्र डढिसकेपछि धेरैजसो डढेलो आफैँ नियन्त्रणमा आएको जनाइएको छ ।

    बाँकी रहेको डढेलो काभ्रेखोला पुगेपछि आफैँ नियन्त्रणमा आउने स्थानीय बासिन्दाले बताएका छन् । दश स्थानीय तह रहेको जिल्लाका अधिकांश सामुदायिक वनमा डढेलो लागेको पाइएको छ ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology