Logo

२०८०, चैत्र १५ गते बिहिवार

२०८०, चैत्र १५ गते बिहिवार

देशभर ४,३४४ जनामा संक्रमण

देशभर ४,३४४ जनामा संक्रमण

  • 677
    SHARES
  • देशभर ४,३४४ जनामा संक्रमण

    काठमाडौं । पछिल्लो २४ घण्टामा  ४ हजार ३ सय ४४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । 

    images

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार १२ हजार १ सय ४ जनाको पीसीआर र ४ हजार ५ सय ६८ जनाको एन्टिजेन परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो । 

    आज ५ हजार ७ सय ६८ जना कोरोना भाइरस संक्रमणबाट मुक्त भएका छन् । यससँगै याे अवधिमा ८१ जनाको कोरोना संक्रमणबाट निधन भएको छ ।

    हाल देशभर सक्रिय संक्रमितको संख्या ८० हजार ३ सय ३६ जना रहेको छ । जसमध्ये संस्थागत आइसोलेसनमा ५ हजार ८ सय ९८ जना र होम आइसोलेसनमा ७४ हजार ४ सय ३८ जना रहेका छन् ।

    केही दिनयता दैनिक संक्रमित हुने दर घट्दाे र निकाे हुने दर बढ्दाे छ । 

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology