Logo

२०८१, बैशाख ८ गते शनिवार

२०८१, बैशाख ८ गते शनिवार

चुच्चे नक्सा नभएकाे किताब जफत गर्छौंः शिक्षामन्त्री 

चुच्चे नक्सा नभएकाे किताब जफत गर्छौंः शिक्षामन्त्री 

  • 2.1K
    SHARES
  • चुच्चे नक्सा नभएकाे किताब जफत गर्छौंः शिक्षामन्त्री 

    काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले नेपालको कालापनी, लिम्पियाधुरा र लिपुलेक क्षेत्र समावेश नभएको नक्सा प्रकाशित पाठ्यपुस्तक सरकारले जफत गर्ने बताएका छन् ।

    images

    मन्त्री श्रेष्ठले नेपालको नयाँ (चुच्चे) नक्सा प्रकाशित नभएका पाठ्यपुस्तक विद्यार्थीसमक्ष पुग्नु अगाडि नै जफत गर्न मन्त्रालय संयन्त्र र मातहत निकायलाई निर्देशन दिएका छन् । 

    मुख्य सहरका केही निजी प्रकाशकले नयाँ संस्करण उल्लेख गरी नेपालको पुरानो नक्सा छापेर पुस्तक बिक्री गरिरहेको भन्ने सुचना पाएपछि पाएपछि मन्त्री श्रेष्ठले यस्तो निर्देशन दिएका हुन् । 

    पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद्को बुधबार (आज) सम्पन्न ८८ औं बैठकमा मन्त्री श्रेष्ठले पुस्तक प्रकाशक र विक्रेतालाई कानूनको दायरामा ल्याएर हदैसम्मको कारबाही गर्न पाठ्यक्रम विकास केन्द्रलाई निर्देशन दिएका हुन् ।
     
    मन्त्री श्रेष्ठले सरकारको आँखा छलेर पुरानो नक्सा उल्लेख गरी पुस्तक बिक्री गर्ने पुस्तक प्रकाशक र  वितरकलाई तत्काल स्पष्टीकरण सोध्ने,  पुरानो नक्सा अंकित बजारमा बिक्री भएका पुस्तक जफत गर्ने र मन्त्रालयको निर्देशन अटेर गरे कानुनअनुसार कारबाही गर्न पाठ्यक्रम विकास केन्द्रलाई निर्देशन दिएका छन् ।

    प्रकाशक र बिक्रेताले पुरानो किताबको कभर परिवर्तन गरी पुस्तक बिक्री गरेको जानकारी पाएपछि मन्त्री श्रेष्ठले कारबाहीको दायरामा ल्याउन निर्देशन दिएका हुन् । ‘तपाईंहरूले अनुगमन गर्नूस्, देशको आँच पुग्नेगरी पुरानो नक्सा उल्लेख गरी पुस्तक बिक्रि गरेको पाईए तत्काल प्रहरी प्रशासन लगाएर कारबाही गर्नुस्,’ मन्त्री श्रेष्ठको निर्देशन छ ।

    मन्त्रालयका सचिव रामप्रसाद थपलियाले पुरानो नक्सा राखी नयाँ पुस्तक बिक्री गर्नेमाथि कडा कारबाही गरिने जानकारी दिए । ‘यस विषयमा तत्काल अनुगमन गर्नेछौं, गल्ती गर्ने प्रकाशक र बिक्रेतामथि कारबाही प्रकृया अघि बढाउनेछौ,’ सचिव थपलियाले भने । 

    सरकारले नयाँ नक्सा जारी गरिसकेको अवस्थामा पुरानो नक्सा उल्लेख गर्नु गम्भीर त्रुटी भएको बताउँदै त्यस्ता प्रकाशक वा व्यक्तिमाथि प्रचलित व्यवस्थाअनुसार कडा कारबाही गरिने उनले बताए । अधिकांश विक्रेताले नेपालको पुरानो नक्सा उल्लेख गरी बिक्री गरेको पाठ्यक्रम विकास केन्द्रले जनाएको छ ।

    केन्द्रका महानिर्देशक अणप्रसाद न्यौपानेले पुरानो नक्सा छापेर पुस्तक बिक्री गरेका प्रकाशक र बिक्रेतामाथि कारबाही प्रकृया अघि बढाइने जानकारी दिए । ‘पुरानो नक्सा राखेर पुस्तक छापाई गरेको जानकारी पाएका छौं, ती मध्य केही प्रकाशकलाई स्पष्टीकरण सोधेर कारबाही प्रकृया अघि बढाएका छौं,’ उनले भने । 

    अधिकांश पुस्तक प्रकाशक र बिक्रेताले सामाजिक शिक्षा, जिकेलगायतका पुस्तकमा पुरानै नक्सा राखेर छपाई गरेको पाइएको छ । मन्त्री श्रेष्ठले सरकारले जारी गरेको चुच्चे नक्सा नराखी प्रकाशन गर्ने पुस्तक ब्यापारीलाई तत्काल कारबाहीको दायरामा ल्याउन निर्देशन दिएका छन् ।

    बैठकमा मन्त्री श्रेष्ठले कक्षा ६ को पुस्तक अभाव हुन नदिने सुचीकृतमा परेका प्रकाशकको पुस्तक छपाइका लागि स्वीकृत दिनसमेत निर्देशन दिएका छन् । बैठकले विभिन्न विषयका कक्षा ६ र ८ को पाठयक्रम स्वीकृत गरेको छ ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology