Logo

२०८०, जेठ १९ गते शुक्रवार

२०८०, जेठ १९ गते शुक्रवार

images
images

रास्वपाले वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिँदैन, सरकारमा सहभागि हुने विषयमा कुरा चलिरहेको छ : प्रधानमन्त्री दाहाल

रास्वपाले वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिँदैन, सरकारमा सहभागि हुने विषयमा कुरा चलिरहेको छ : प्रधानमन्त्री दाहाल

  • 117
    SHARES
  • रास्वपाले वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिँदैन, सरकारमा सहभागि हुने विषयमा कुरा चलिरहेको छ : प्रधानमन्त्री दाहाल

    चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) आफ्नो नेतृत्वको सरकारमा आउने विश्वास व्यक्त गरेका छन ।

    images

    प्रेस सेन्टर नेपाल चितवनले आज यहाँ आयोजना गरेको पत्रकारसँग प्रधानमन्त्री कार्यक्रममा उनले रास्वपा सरकारमा सहभागि हुने विषयमा कुराकानी चलिरहेको जानकारी दिए ।

    प्रधानमन्त्री दाहालले भने, ‘रास्वपाले वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिँदैन । सो पार्टी पनि सरकारमा आउने कुरा चलिरहेको छ ।’ सत्तासाझेदार दलका बीचमा सरसल्लाह गरेर सहमतिमा जाने प्रधानमन्त्री दाहालले बताए ।

    रास्वपालाई अहिलेनै मन्त्रालय छाड्ने विषयमा आफूहरू नपुगेको प्रधानमन्त्री दाहालले स्पष्ट पारे । प्रधानमन्त्री दाहालले भने, ‘रास्वपका अध्यक्ष रवि जीले पनि हामीलाई यही नै चाहिन्छ भन्नुभएको छैन । छलफलकै क्रममा भएकाले केही छैन ।’

    सञ्चारकर्मीको एक प्रश्नको जवाफमा उनले सरकार पाँच वर्ष चल्ने बताए । प्रधानमन्त्री दाहालले भने, ‘सरकार पाँच वर्ष चल्छ । यताउता हुन्छ की भन्ने भ्रम हो ।’ 

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology