Logo

२०८०, जेठ १९ गते शुक्रवार

२०८०, जेठ १९ गते शुक्रवार

images
images

विद्यालय कर्मचारीलाई मुकेश कुमार यादवकाे आव्हान

विद्यालय कर्मचारीलाई मुकेश कुमार यादवकाे आव्हान

  • बैशाख २२, २०८० शुक्रवार ११:०९ बजे
  • 3.7K
    SHARES
  • विद्यालय कर्मचारीलाई मुकेश कुमार यादवकाे आव्हान

    काठमाडौं । नेपाल विद्यालय कर्मचारी परिषद् राष्ट्रिय समितिका केन्द्रीय समिति तथा आन्दोलन परिचालन समिति केन्द्रीय सदस्य एवम् सूचना अधिकारी मुकेश कुमार यादवले यही वैशाख २९ नेपाल शिक्षक महासंघले आयोजना गर्ने आन्दोलनमा सहभागी हुन आव्हान गरेका छन्  ।

    images

    मुकेश कुमार यादवकाे भनाइ

    नेपालभरका सामुदायिक विद्यालयमा कार्यरत सम्पूर्ण विद्यालय कर्मचारीहरूलाई जानकारी गराइन्छ कि नेपाल शिक्षक महासंघको आव्हानमा प्रथम चरण स्वरूप तपसिल बमोजिम आन्दोलनको कार्यक्रम घोषणा भएको हुँदा सम्पूर्ण विद्यालय कर्मचारी मित्रहरूलाई उपस्थित भई आन्दोलन कार्यक्रम सफल पार्नुहुनु जानकारी अनुरोछ ।

    राज्य पक्षबाट हामी जहिल्यै पनि हेलाँ,अपहेंलना नै पाएका छौँ । राज्यलाई त विद्यालय कर्मचारी छ भन्ने पनि थाहा थिएन । तर हाम्रो आन्दोलनले राज्य पक्षलाई मात्र नभई सिंगो देशवासीलगायत अन्तर्राष्ट्रियस्तरमा पनि विद्यालय कर्मचारीलाई चिनाएको छ । साथै विद्यालय कर्मचारी कति शोषणमा परेको छ भन्ने विषय जगजाहेर भएको छ ।

    त्यसैले हामी अब सहेर बस्ने होइन । आफ्नो अधिकार प्राप्तिका लागि आफैं आफ्नो आवाज बुलन्द पार्नुपर्छ । केन्द्रीय समितिलाई मात्रै दोष दिने काम नगरौँ । हामी आफैं विचार गरौँ । मेरो लगानी के छ ? र, विद्यालय कर्मचारी साथीहरू को लागि मेरो योगदान के छ ? केन्द्रीय समितिले त विद्यालय कर्मचारीको समस्यालाई जगजाहेर गराएको छ ।

    त्यसैले हामी पनि यो प्रथम चरणको आन्दोलमा आफ्नो सहभागीता जनाऔं । पेशागत हकअधिकार सुनिश्चित गर्नेतिर आफ्नो भूमिका निर्वाह गरौँ । कसैले तपाईंको लागि केही गरिदिँदैन । तपाईं आफैं आफ्नो अधिकारको लागि लड्नुपर्ने हुन्छ ।

         कार्यक्रम 
    मिति : २०८० : ०१ : २९ गते
    स्थान : माइतीघर मण्डला
    समय : दिउँसो ०१ : ०० बजे ।

                       मुकेश कुमार यादव 
                        सूचना अधिकारी 
    (आन्दोलन परिचालन समिति केन्द्रीय सदस्य)
            नेपाल विद्यालय कर्मचारी परिषद् 
              राष्ट्रिय समिति (काठमाडौं नेपाल)


    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology