Logo

२०८०, जेठ १९ गते शुक्रवार

२०८०, जेठ १९ गते शुक्रवार

images
images

'तिम्रो यादमा' बोलको गजलमा योगेश काजी

'तिम्रो यादमा' बोलको गजलमा योगेश काजी

  • 79
    SHARES
  • 'तिम्रो यादमा' बोलको गजलमा योगेश काजी

    काठमाडौं । तिम्रो यादमा बोलको गजलको भिडियो रिलिज गरिएको छ ।

    images

    मनोरथ कटेल 'नन्दु'को शब्द रहेको गजलमा योगेश काजी शाहको स्वर रहेको छ । गायक स्वयमकै संगीत तथा एरेन्ज रहेको सार्वजनिक गजलले प्रेम वियोगमा एउटा प्रेमी मनले भोगेको विरहलाई केलाएको छ ।

    पवन विकको मिक्सिङ र मास्टरिङ रहेको गजलमा गायक स्वयं नै फिचर्ड छन् । अनिल के मानन्धरको निर्देशनमा तयार भएको भिडियोको छायांकन निर्देशक स्वयमले गरेका हुन् भने भिडियोको सम्पादन दिनशन शाहले गरेका हुन् ।

    अमेरिकामा रहेका गीतकार 'नन्दु' का यसअघि आमा र कहाँ पुगे साथीभाई बोलका दुई वटा गीतहरु बजारमा आइसकेका छन् । गीतकार 'नन्दु' ले गजलका अलावा, गीत, कविता लेख्न रुचाउँछन् ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology