Logo

२०८०, मंसिर २५ गते सोमवार

२०८०, मंसिर २५ गते सोमवार

images

बजेट उत्पादन बढाउने र रोजगारी  सिर्जना गर्नेमा केन्द्रित हुनुपर्छ : मुख्यमन्त्री कार्की

बजेट उत्पादन बढाउने र रोजगारी  सिर्जना गर्नेमा केन्द्रित हुनुपर्छ : मुख्यमन्त्री कार्की

  • 142
    SHARES
  • बजेट उत्पादन बढाउने र रोजगारी  सिर्जना गर्नेमा केन्द्रित हुनुपर्छ : मुख्यमन्त्री कार्की

    विराटनगर । काेशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आगामी आर्थिक वर्ष बजेट उत्पादन बढाउने र रोजगार सिर्जना गर्नेमा केन्द्रित हुने बताएका छन् ।

    images

    नेपाल नगरपालिका संघद्वारा आज आयोजित ‘वित्तीय संघीयता र स्थानीय तहको योजना तर्जुमा’ प्रदेशस्तरीय अन्तरक्रिया कार्यक्रममा उनले संघीय सरकारबाट प्राप्त हुने समानीकरण अनुदान आधा हिस्सा मात्र आउनु र प्रदेशमा राजस्व पनि संकलनमा कमी आउनुले समस्या उत्पन्न भएको बताए ।

    राजस्व संकलनको स्थिति यथावत् रहेमा बजेट कम आकारको बन्ने उनको भनाइ छ । मुख्यमन्त्री कार्कीले दायित्व बढ्ने र बजेट स्रोत कमजोर हुने अवस्था देखिएको भन्दै स्थानीय तहले अतिआवश्यक ठाउँमा मात्रै लगानी गर्न सुझाव दिए ।

    संघीयता बलियो बनाउन विगतका कमी कमजोरी सुधार गर्दै अघि बढ्नुपर्ने उनको भनाइ छ । उनले स्थानीय तहले बजेट निर्माण गर्दा उत्पादन बढाउने, रोजगार सिर्जना गर्ने र सौन्दर्यकरणमा बढी केन्द्रित गर्नुपर्ने बताए । 

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology