वेबटिभी खबर
काठमाडौं । देशभरका निजी तथा सरकारी गरि ८३ वटा अस्पतालमा कोरोना भाइरस संक्रमितको उपचार निःशुल्क हुने भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार यी अस्पतालहरूमा संक्रमितको उपचार खर्च मन्त्रालयले नै सोधभर्ना दिनेछ । साथै उक्त अस्पतालहरूमा कोभिड-१९ केयर युनिट सञ्चालन हुनेछ ।
मन्त्रालयले सम्झौता गरेका अस्पतालहरूलाई आइसोलेसनमा प्रतिदिन प्रतिव्यक्ति ३५ सय, मध्यम जटिल केशको उपचारका लागि ७ हजार र आइसियु तथा भेन्टिलेटसहितको उपचारका लागि १५ हजारका दरले सोधभर्ना दिनेछ ।
निःशुल्क हुने
सामान्य रगत परीक्षण (सिरम यूरिया, क्रियटिनिन,सुगर,सिआरपी, सिबिसी, हेमोग्लोबिन, प्लेटलेट, इएसआर, एएसटी, एएलटी)
छातीको एक्सरे,
उपचारमा प्रयोग हुने स्लाइन तथा सामान्य औषधि,
बिरामाीको शैय्या शुल्क,
खाजा खानासहित चार छाक,
चिकित्सक तथा नर्सको राउण्ड, सेवा र
अक्सिजन ।
नि:शुल्क नहुने
आइसियु बाहेकका बिरामीमा पीसीआर,
रेम्डेसिभिर,
प्लाज्मा थेरापी,
सिटी स्क्यान र
हायर एन्टिबायोटिक्सहरू ।



Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij