Logo

२०८१, बैशाख ७ गते शुक्रवार

२०८१, बैशाख ७ गते शुक्रवार

नेपाल अन्तर्राष्ट्रिय चलचित्रको छायांकन गन्तव्य बन्न सक्छ : उपराष्ट्रपति यादव

नेपाल अन्तर्राष्ट्रिय चलचित्रको छायांकन गन्तव्य बन्न सक्छ : उपराष्ट्रपति यादव

  • 217
    SHARES
  • नेपाल अन्तर्राष्ट्रिय चलचित्रको छायांकन गन्तव्य बन्न सक्छ : उपराष्ट्रपति यादव

    काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवले नेपाल अन्तर्राष्ट्रिय चलचित्रको छायांकन गन्तव्य बन्न सक्ने बताएका छन् ।

    images

    नेपाल चलचित्र प्राविधिक संघ (नेफ्टा) ले काठमाडौंमा आयोजना गरेको ‘नेफ्टा चलचित्र अवार्ड-२०२३’ को उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक कार्यक्रममा चलचित्रकर्मीलाई प्रमाणपत्र वितरण गर्दै उपराष्ट्रपति यादवले नेपालको प्रचार गर्न कलाकर्मीलाई आग्रह गरे ।

    ‘विदेशी चलचित्रलाई यहाँको प्राकृतिक सुन्दरताले आकर्षित गर्छ । हामीले एकजुट हुँदै सहकार्य गरेर नेपाललाई अन्तर्राष्ट्रिय चलचित्रको छायांकन गन्तव्य बनाउन सक्छौँ’, उपराष्ट्रपति यादनले भने, ‘नेपाली चलचित्र अहिले विश्वभर खोजिएको सुन्दा र देख्दा खुसी लाग्छ । विदेशी बजारमा बलियो बन्न प्रवर्द्धन गर्नु जरुरी छ ।’

    उनले नेपाली चलचित्रलाई छ दशक लामो यात्रामा पर्दा पछाडि रहेर सघाएका प्राविधिकहरूको कार्यक्रममा सहभागी हुन पाउँदा खुसी लागेको बताए ।

    ‘चलचित्रले मनोरञ्जन प्रदान गर्नेमात्र नभई हाम्रो मौलिक भाषा, वेशभूषा, संस्कृति, इतिहासको संरक्षण र संवर्द्धन पनि गरिरहेको छ । यो सिर्जनशील कलाकर्मीको मेहनत र लगावको प्रतिफल हो’, उपराष्ट्रपति यादवले भने ।

    कार्यक्रममा उत्कृष्ट पाँचको घोषणासँगै प्रमाणपत्र प्रदान गरिएको थियो ।

    कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी, कलाकार नीर शाह, रमेश उप्रेती, भुवन चन्द, चैत्य देवी, वसुन्धरा भुसाल, दीपाश्री निरौला, बेनिशा हमाल, निर्मल शर्मा, निर्देशक हेमराज बिसी, निर्माता मणिराम पोखरेललगायतको उपस्थिति थियो ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology