Logo

२०८०, चैत्र १५ गते बिहिवार

२०८०, चैत्र १५ गते बिहिवार

दुई वर्षभित्र रंगशालाको स्तरोन्नति गरिने

दुई वर्षभित्र रंगशालाको स्तरोन्नति गरिने

  • 603
    SHARES
  • दुई वर्षभित्र रंगशालाको स्तरोन्नति गरिने

    काठमाडौं । सरकारले आगामी दुई वर्षभित्रमा काठमाडौंको कीर्तिपुर र मूलपानी क्रिकेट रंगशालाको स्तरोन्नति सम्पन्न गर्ने भएको छ ।

    images

    आगामी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रममा आगामी दुई वर्षभित्र रंगशालाको स्तरोन्नति सम्पन्न गरि अन्तराष्ट्रियस्तरको प्रतियोगिता सञ्चालन गर्ने उल्लेख गरिएको छ ।

    राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्दै  चितवनको भरतपुर, कैलालीको फाप्ला, बैतडीको दशरथचन्द र मोरङ्गको विराटनगर क्रिकेट रंगशालाको पूर्वाधार निर्माण कार्यसमेत अघि बढाइने बताए ।

    हरेक विद्यालयमा खेल शिक्षकको व्यवस्था गरिने उल्लेख गर्दै उनले वार्षिक खेलकुद क्यालेण्डर तयार गरि अन्तरपालिका तथा प्रदेशस्तरीय प्रतियोगिताको आयोजना गरिन उल्लेख गरे ।

    यसैगरी उनले एक वडा, एक खेल मैदान, एक पालिका, एक कभर्डहलको निर्माण गर्दै खेलकुदलाई राष्ट्रको पहिचान, गौरव र प्रतिष्ठा बढाउने माध्यमको रूपमा विकास गर्ने बताए ।

    राष्ट्रपति पौडेलले राष्ट्रिय तथा अन्तराष्ट्रियस्तरका खेलकुद प्रतियोगिता आयोजना गर्न जोड दिइने उल्लेख गर्दै अन्तर्राष्ट्रियस्तरका खेलकुद प्रतियोगितामा पदक हासिल गर्ने खेलाडीलाई प्रोत्साहन एवम् पुरस्कृत गरिने बताए ।

    उनले खेलकुद पूर्वाधारको दिगो व्यवस्थापनका लागि स्थानीय तथा प्रदेश सरकारको सहभागिता बढाउँदै लगिने र खेलकुद पर्यटनको विकास र विस्तारमा जोड दिइने बताए ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology