Logo

२०८०, चैत्र १६ गते शुक्रवार

२०८०, चैत्र १६ गते शुक्रवार

कम हुँदै कोरोना भाइरस संक्रमणदर

कम हुँदै कोरोना भाइरस संक्रमणदर

  • 209
    SHARES
  • कम हुँदै कोरोना भाइरस संक्रमणदर

    काठमाडौं । कोरोना भाइरस संक्रमितको संख्या क्रमशः कम हुँदै गएको छ । विगत एक हप्ताको तथ्यांक हेर्दा कोरोना भाइरसको संक्रमण घटेको पाइएको हो । 

    images

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज सात सय ६८ जनामा गरिएको परीक्षणमा चार जनामा मात्र संक्रमण देखिएको छ ।

    यही जेठ ६ गते १४ जना, जेठ ५ गते ३०, जेठ ४ गते २४, जेठ ३ गते २४, जेठ २ गते २१ र जेठ १ गते २१ जनामा संक्रमण देखिएको छ ।

    इमिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा.चुमनलाल दासले भारतमा पनि संक्रमण कम भएकाले नेपालमा घट्दो रहेको बताए ।

    उनले भारतबाट संक्रमित नेपाल नआउनु र कोरोना भाइरस विरुद्धको खोपको प्रभावले संक्रमण घटेको जानकारी दिए ।

    ‘भारतमा पनि संक्रमण कम थाल्यो । नेपालमा खोपको प्रभाव देखियो’, डा.दासले भने, ‘समुदायमा खोप लगाएमा मानिसको संख्यामा धेरै भएकाले संक्रमण पनि सर्न पाएन । त्यसैले संक्रमण घटिरहेको छ ।’

    उनले कोरोना भाइरस घट्ने बढ्ने भइरहेकाले अब बढ्दैन भन्ने अवस्था नरहेको बताए । अहिलेसम्म ७० जना सक्रिय संक्रमित रहेका छन ।

    यस्तै तीन आइसोलेशन, एक जना आइसियु र एक जना भेन्टिलेटरमा उपचाररत रहेका छन । गत चैत महिनामा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन एक्सविवि। १.१६ देखापरेपछि संक्रमण बढेको थियो । 

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology