Logo

२०८०, जेठ १९ गते शुक्रवार

२०८०, जेठ १९ गते शुक्रवार

images
images

वीरगञ्ज महानगरले एकै पटक २४ शिक्षकसँग सोध्यो स्पष्टीकरण

वीरगञ्ज महानगरले एकै पटक २४ शिक्षकसँग सोध्यो स्पष्टीकरण

  • 54
    SHARES
  • वीरगञ्ज महानगरले एकै पटक २४ शिक्षकसँग सोध्यो स्पष्टीकरण

    वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले आज एकै पटक २४ जना शिक्षकसँग स्पष्टीकरण माग गरेको छ ।

    images

    महानगरपालिकाले समयमा विद्यालयमा उपस्थित नरहेको भन्दै वीरगञ्जस्थित श्री नेपाल राष्ट्रिय विद्यापीठ माध्यमिक विद्यालय श्रीपुरका प्रधानाध्यापकसहित २४ जना शिक्षकसँग स्पष्टीकरण सोधेको हो ।

    महानगरपालिका प्रमुख राजेशमान सिंह आज बिहान आकस्मिक अनुगमनमा पुग्दा उक्त विद्यालयका प्रधानाध्यापक अनिल वर्णवालसहित २४ जना शिक्षक अनुपस्थित भेटिएकाले उनीहरूसँग स्पष्टीकरण माग गरिएको महानगरको शिक्षा महाशाखा प्रमुख अरविन्दलाल कर्णले जानकारी दिए ।

    विद्यालयका प्रधानाध्यापकसहित २४ जना आकस्मिक अनुगमनका क्रममा अनुपस्थित देखिएकाले कारबाहीस्वरूप महानरपालिकाले स्पष्टीकरण सोधेको उनले बताए ।

    विद्यालयमा भौतिकरूपमा कतिपय शिक्षकहरू भेटिएको भएपनि हाजिरी गरेको नपाइएकाले उनीसँग स्पष्टीकरण माग गरिएको उनले प्रस्ट पारे ।

    महानगरप्रमुख सिंहले पठनपाठनमा कुनै प्रभाव नपर्ने गरी विद्यालयमा देखिएको शिक्षकको कमी यथाशक्य चाँडो पूरा गर्ने गरी आफूहरू लागेको बताए ।

    यस्तै, महानगरप्रमुख सिंहले आइतबार बिहान वडा नं-१४ पिपरामा रहेको नृसिंह मावि र वडा नं-४ मा रहेको श्री त्रिजुद्ध महावीरप्रसाद रघुवीरराम उच्च माविको समेत अनुगमन गरेका छन ।

    दुवै विद्यालयमा यो शैक्षिक सत्रदेखि पूर्णरूपमा अङ्ग्रेजी माध्यममा पठनपाठन सुरु गरिएको छ ।

    विद्यार्थीको पठन-पाठन प्रभावित हुन नदिन विद्यालयमा देखिएको शिक्षक अभाव तत्काल पूर्ति गर्ने काम अघि बढाइने पनि उनले बताए । 

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology