Logo

२०८०, चैत्र १६ गते शुक्रवार

२०८०, चैत्र १६ गते शुक्रवार

चलचित्र विकास बोर्डद्वारा प्रथम राष्ट्रिय बाल चलचित्र महोत्सवबारे छलफल

चलचित्र विकास बोर्डद्वारा प्रथम राष्ट्रिय बाल चलचित्र महोत्सवबारे छलफल

  • 220
    SHARES
  • चलचित्र विकास बोर्डद्वारा प्रथम राष्ट्रिय बाल चलचित्र महोत्सवबारे छलफल

    दाङ । चलचित्र विकास बोर्डले प्रथम राष्ट्रिय बाल चलचित्र महोत्सवको लागि स्थानीयस्तरमा नै पुगेर छलफल गरेको छ ।

    images

    आगामी असार १, २ र ३ गते दाङ जिल्लाको घोराहीमा आयोजना गर्न लागिएको महोत्सवको तयारीबारे बोर्डका प्रवक्ता केएल बुढाथोकी, बोर्डका सदस्य सचिव टंकबहादुर महतसहितको ४ जनाको टोली दाङ पुगेर स्थानीय सरोकारवालसँग छलफल गरेका हुन् ।

    बालबालिकामाझ चलचित्रको माध्यमबाट शिक्षा, संस्कृतिको प्रवृद्धन गर्ने र उनीहरुलाई फिल्मको अभ्यास गराउने उद्देश्यले पहिलो पटक महोत्सव गर्न लागेको बोर्ड प्रवक्ता तथा महोत्सव संयोजक बुढाथोकीको भनाई छ ।

    महोत्सवका बालबालिका सम्बन्धी चेतना मुलक र प्रेरणादायी चलचित्रहरु प्रर्दशनी गरिनेछ । बालबालिकासँग सम्बन्धित तथा बालबालिकाले नै बनाएका लामा तथा छोटा शिक्षामूलक चलचित्रको प्रदर्शनीको लागि देशभरबाट बालबालिका सम्बन्धी चलचित्रहरु आह्वान गरिएको छ ।

    छलफलमा सहभागिहरुले महोत्सवले बालबालिकालाई सन्देश मुलक शिक्षा दिने र उनीहरुको रचनात्मक विकासमा महत्चपूर्ण भूमिका खेल्ने बताउँदै सबैले आ–आफ्नो तवरले सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् । सो छलफलमा दाङ जिल्लाका वौद्धिक व्यक्तिहरु, कलाकार, साहित्यकार, सुरक्षाकर्मी, शिक्षाकर्मी, व्यवसायी तथा पत्रकारहरुको सहभागिता थियो ।

    महोत्सवमा सहभागि हुन जेठ १५ गतेभित्र चलचित्र विकास बोर्डमा निवेदन दिनुपर्नेछ । निवेदनका साथमा जाँच प्रमाणपत्रको प्रतिलिपि पनि पेश गर्नुपर्नेछ ।

    महोत्सवमा वृत्तचित्र, कथानक वा लघु चलचित्रले सहभागिता जनाउन सक्नेछन् । छनोटमा परि प्रदर्शन भएका चलचित्रहरुलाई प्रोत्साहन स्वरुप बोर्डको निर्णयबाट केही रकम समेत उपलब्ध हुनेछ ।

    महोत्सवमा चलचित्रहरुको प्रदर्शनी सँगै चलचित्रज्ञान सम्बन्धि हाजिरीजबाफ प्रतियोगिता, पुस्तक प्रदर्शनी एवम् फोटो प्रदर्शनी तथा चलचित्र नृत्य प्रतियोगिता समेत हुनेछ ।

    महोत्सवको दौरान  ‘बालबालिकासँग भुवन केसी’ सेगमेन्ट आयोजना हुनेछ जहाँ स्थानीय झाँकी र साँस्कृतिक प्रदर्शनीसहित बोर्ड अध्यक्ष तथा विशिष्ट अभिनेता केसीको परिचयात्मक श्रव्यदृश्य सामग्री समेत प्रदर्शन हुनेछ ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology