Logo

२०८१, बैशाख ८ गते शनिवार

२०८१, बैशाख ८ गते शनिवार

अमेरिकाको एक बारमा गोली चल्दा ३ जनाको मृत्यु, २ जना घाइते

अमेरिकाको एक बारमा गोली चल्दा ३ जनाको मृत्यु, २ जना घाइते

  • 249
    SHARES
  • अमेरिकाको एक बारमा गोली चल्दा ३ जनाको मृत्यु, २ जना घाइते

    काठमाडौं । संयुक्त राज्य अमेरिकामा आइतबार बिहान (स्थानीय समय) कान्सास शहरको बारमा गोली चल्दा तीन जनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् ।

    images

    घाइते मध्ये एकजना गम्भीर छन् । पीडित मध्ये दुई जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले बताएको छ । एकजना बारभित्र र अर्का भवनबाहिर मृत अवस्थामा फेला परेका थिए ।

    त्यसैगरी अर्का घाइतेको अस्पतालमा मृत्यु भएको थियो । गोलीबारीमा घाइते भएका अन्य दुई जनालाई अस्पताल लगिएको  प्रहरीले जनाएको छ ।

    फक्स न्युजका अनुसार घाइतेमध्ये एकको अवस्था गम्भीर छ भने अर्काको अवस्था स्थिर रहेको छ । पीडितहरूको पहिचान हुन सकेको छैन । के कारणले गोली चलाएको हो भन्ने बारे अनुसन्धान जारी छ ।

    सन् २०२३ मा अमेरिकामा मे ७ सम्म २०७ गोलीकाण्ड भएको सीएनएनले  उल्लेख गरेको छ ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology