Logo

२०८०, चैत्र १६ गते शुक्रवार

२०८०, चैत्र १६ गते शुक्रवार

चिकित्सा शिक्षा : आउनेभन्दा जाने दोब्बर

चिकित्सा शिक्षा : आउनेभन्दा जाने दोब्बर

  • 211
    SHARES
  • चिकित्सा शिक्षा : आउनेभन्दा जाने दोब्बर

    काठमाडौं । चिकित्सा शिक्षा अध्ययनका लागि विदेशी विद्यार्थी नेपाल आउनेभन्दा दोब्बर संख्यामा नेपाली विद्यार्थी विदेश जाने गरेका छन् ।

    images

    चिकित्सा शिक्षा आयोगले आज पत्रकार सम्मेलन गरेर आयोगका उपाध्यक्ष श्रीकृष्ण गिरीले यस आर्थिक वर्षमा ४२१ जना विदेशी विद्यार्थी नेपाल आएका र ९७२ जना नेपाली विद्यार्थी अध्ययनका लागि बाहिरिएको बताए ।

    उनका अनुसार स्नातकोत्तर तहमा १५ जना र स्नातक तहमा ४०६ जना विदेशी विद्यार्थी नेपालका विभिन्न शिक्षण अस्पताल तथा कलेजमा अध्ययन गरिरहेका छन् ।

    नेपालमा भारत, बंगलादेश, माल्दिभ्स, अमेरिकाबाट अध्ययनका लागि विद्यार्थी आउने गरेका छन् ।

    यसैगरी आयोगले नेपालबाट विदेशमा चिकित्सा शिक्षा अध्ययनका लागि फेलोसिपमा पाँच जना, स्नातक तहमा सात सय एक जना र स्नातकोत्तर तहमा दुई सय ६६ जनालाई अध्ययन अनुमति दिइएको छ ।

    आयोगका उपाध्यक्ष प्रा.डा.गिरीले यही जेठ ८ गते बसेको आयोगको बैठकले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्अन्तर्गत चिकित्सा शिक्षासम्बन्धी शिक्षण संस्थाको आशयपत्र र सम्बन्धन अनुमोदन गरिएको जानकारी दिए ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology