Logo

२०८०, जेठ १९ गते शुक्रवार

२०८०, जेठ १९ गते शुक्रवार

images
images

धललागिरि अस्पतालमा पहिलो पटक मेरुदण्डको शल्यक्रिया

धललागिरि अस्पतालमा पहिलो पटक मेरुदण्डको शल्यक्रिया

  • 55
    SHARES
  • धललागिरि अस्पतालमा पहिलो पटक मेरुदण्डको शल्यक्रिया

    बाग्लुङ । बागलुङको धललागिरि अस्पतालमा पहिलोपटक  मेरुदण्डको शल्यक्रिया गरिएको छ । मेरुदण्डको हड्डी भाँच्चिएर समस्यामा परेका बागलुङकै ५२ वर्षीय एक पुरुषको बुधबार शल्यक्रिया गरिएको हो ।

    images

    धवलागिरि अस्पतालका डा.विनित ढकाल, डा.समिर लामिछाने, डा प्रमेश थापा, डा.राजन शर्मा, डा.अमित ढुंगानालगायत चिकित्सक टोलीले मेरुदण्डको शल्यक्रिया गरेको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा रविरञ्जन प्रधानले जानकारी दिए ।

    उनले भने, ‘यसअघि कम्मरको हड्डी भाँचिएको पनि शल्यक्रिया गरिएको थियो, ‘रिफर सेन्टर’का रूपमा चिनिएको अस्पतालले पछिल्लो समय विशेषज्ञ सेवालाई थप गर्दै गएको छ ।’

    अहिले अस्पातलमा दैनिक चार सयको हाराहारीमा बिरामी उपचारका लागि आउने गरेका डा.प्रधानले बताए । यसअघि मेरुदण्डको शल्यक्रियाका लागि बिरामी पोखरा, भरतपुर, काठमाडौंलगायत ठाउँ जाने गरेका थिए ।

    महंगो उपचारका रूपमा मानिदै आएको मेरुदण्डको शल्यक्रिया बागलुङकै सरकारी अस्पतालमा भएपछि अब अरुलाई पनि सहज हुने भएको छ ।

    पछिल्लो समय विशेषज्ञ चिकित्सक थप भएसँगै अस्पतालले ओपिडी बाहेकका अन्य विशेष प्रकारका सेवासमेत दिन थालेको छ ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology