Logo

२०८१, बैशाख ७ गते शुक्रवार

२०८१, बैशाख ७ गते शुक्रवार

पृथ्वी राजमार्गको सत्रसयमा ट्रमा अस्पताल बनाउन माग

पृथ्वी राजमार्गको सत्रसयमा ट्रमा अस्पताल बनाउन माग

  • 146
    SHARES
  • पृथ्वी राजमार्गको सत्रसयमा ट्रमा अस्पताल बनाउन माग

    तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिकाले पृथ्वी राजमार्गको सत्रसयमा ट्रमा अस्पताल बनाउन गण्डकी प्रदेश सरकारसमक्ष माग गरेको छ ।

    images

    आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानको नेतृत्वमा गण्डकी प्रदेश सरकारका सामाजिक विकास तथा स्वास्थ्यमन्त्री सुशीला सिङ्खडासँगको भेटमा आँबुखैरेनी-१ सत्रसयमा ट्रमा अस्पताल बनाउन माग गरिएको हो ।

    पृथ्वी राजमार्ग अन्तर्गत यस खण्डमा दुर्घटना भइरहने भएकाले ट्रमा अस्पतालको आवश्यकता खड्किएको अध्यक्ष चुमानले बताए । अस्पताल निर्माणका लागि पालिकाले प्रदेश सरकारसँग सहकार्य गर्न तयार रहेको उनको भनाइ छ ।

    गाउँपालिकाले मार्कीचोकमा स्वास्थ्य परीक्षण र होल्डिङ सेन्टर र आँबुखैरेनी अस्पतालका लागि डायलासिस सेवा सञ्चालनका लागि उपकरण माग गरेको छ । गाउँपालिकाले वडा नं-३ मा पालिकास्तरीय अस्पताल सञ्चालन गरेको छ ।

    उक्त अस्पतालमा आँखा उपचार केन्द्र सञ्चालन भइसकेको छ भने मिर्गौला पीडितका लागि डायलासिस सेवा सञ्चालन गर्ने लक्ष्य राखिएको अध्यक्ष चुमानले जानकारी दिए । मन्त्री सिङ्खडासमक्ष चिकित्सकको व्यवस्थाका लागि ध्यानाकर्षण गराइएको छ ।

    यस्तै गाउँपालिकाभित्रका विद्यालयमा विज्ञान प्रयोगशाला, विद्यालय बस, स्वास्थ्य संस्थादेखि संघ संस्था र अस्पतालका लागि औषधी र ल्याब सामग्री व्यवस्थापन गरिदिन माग गरिएको छ ।

    एक विद्यालय एक नर्स कार्यक्रम थप विद्यालयमा लागू गर्न पनि मन्त्रीको ध्यानाकर्षण गराइएको चुमानले बताए । मन्त्रालयकै कार्यक्रम अनुसार गाउँपालिका-३ रामशाह माविमा यो कार्यक्रम सुरु भइसकेको छ ।

    यो कार्यक्रम अन्य विद्यालयमा पनि आवश्यक रहेकाले कार्यक्रम विस्तारका लागि मन्त्रीको ध्यानाकर्षण गराइएको चुमानको भनाइ छ । यस्तै आँबुखैरेनी अस्पतालको स्तरोन्नतिका लागि पनि ध्यानाकर्षण गराइएको छ ।

    गाउँपालिकाले हाल पन्ध्र शय्यामा अस्पताल सञ्चालन गरिरहेको छ । मन्त्री सिङ्खडाले उक्त मागहरूमा आफू सकारात्मक रहेकाले आगामी वर्षको बजेटमार्फत् सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरे ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology