Logo

२०८१, बैशाख ७ गते शुक्रवार

२०८१, बैशाख ७ गते शुक्रवार

कर्णाली प्राविधिक शिक्षालयको भवन जीर्ण अवस्थामा

कर्णाली प्राविधिक शिक्षालयको भवन जीर्ण अवस्थामा

  • 175
    SHARES
  • कर्णाली प्राविधिक शिक्षालयको भवन जीर्ण अवस्थामा

    जुम्ला । जुम्लास्थित कर्णाली प्राविधिक शिक्षालयको भवन लामो समयदेखि मर्मत सम्भार हुन नसक्दा जीर्ण बनेको छ । करिब आधा शताब्दी अघि निर्मित भौतिक संरचना जीर्ण बन्दै गएपछि यहाँका शिक्षक तथा विद्यार्थी जोखिममा छन ।

    images

    प्राविधिक जनशक्ति उत्पादनको ‘हब’ मानिँदै आएको उक्त शिक्षालयको  भौतिक संरचना विद्यार्थी संख्या अनुसार भरपर्दो छैनन् भने निर्माण भएको पनि धेरै वर्ष भएका छन । २०३७ मा युनाइटेड मिसन टु नेपाल र नेपाल सरकारको साझेदारीमा निर्मित उक्त भवन बनेको ४४ वर्ष पुगेको छ ।

    शिक्षालयको शैक्षिक तथा भौतिक संरचनासम्बन्धी आज वीरेन्द्रनगर सुर्खेतमा आयोजित अन्तरक्रिया कार्यक्रममा शिक्षालय प्रमुख टेकेन्द्र थापाले शिक्षालयको वस्तुगत अवस्थाबारे जानकारी दिएका थिए ।

    उनले स्थापना भएको ४४ वर्षसम्म मुलुकलाई करिब सात हजार प्राविधिक जनशक्ति दिएको शिक्षालयले कृषि, वन, निर्माण तथा स्वास्थ्य संकायमा अध्ययन अध्यापन गरिरहेको बताए ।

    नर्सिङ पठनपाठनका लागि आफ्नै अस्पताल हुनुपर्ने शिक्षा नीतिमा उल्लेख भएकाले शिक्षालयमा नर्सिङ पठनपाठन हुन नसकेको प्रमुख थापाको गुनासो थियो । प्रमुख थापाका अनुसार शिक्षालयको छ सय ५१ रोपनी जमिनमा ५८ भवन छन ।

    तीमध्ये छ वटा निर्माण भएका छन भने बाँकी ५२ भवन अझै जीर्ण अवस्थामा छन । ‘प्राविधिक लागत अनुमान अनुसार आवासीय तथा शैक्षिक भवन निर्माणका लागि करिब १५ करोड लाग्छ । आगामी आर्थिक वर्ष २०८०/८१ का लागि  पाँच करोड बजेट प्रस्ताव गरिएको छ’, शिक्षालय प्रमुख थापाले भने ।

    कार्यक्रममा कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री वेदराज सिंहले प्राविधिक जनशक्ति उत्पादनको केन्द्र कर्णाली प्राविधिक शिक्षालयको शैक्षिक तथा भौतिक संरचना निर्माणमा प्राथमिकताका साथ सहयोग गर्ने बताए ।

    मन्त्री सिंहले भने, ‘सरकारले शिक्षा क्षेत्रमा जोड दिँदै आएको छ । प्राविधिक जनशक्ति उत्पादनमा सहयोग पुर्‍याउनका लागि शिक्षालयको विकासमा सरकारको विशेष जोड हुन्छ।’

    सामाजिक विकासमन्त्री खड्गबहादुर पोखरेलले शिक्षालयको शैक्षिक विकास तथा भौतिक संरचना मर्मतमा प्रदेश सरकारको आवश्यक सहयोग रहने जनाए। उनले दूरदराजमा स्थापित शिक्षालयलाई प्राविधिक जनशक्ति उत्पादनको केन्द्रका रुपमा रुपान्तरण गरी स्वरोजगार बढाउनेतर्फ जोड दिनुपर्ने उल्लेख गरे ।

    अन्तरक्रिया कार्यक्रममा सहभागी कर्णाली प्रदेशसभा सदस्य देवेन्द्रबहादुर शाही, विन्दमान विष्ट, दुर्गबहादुर रावत, कलबहादुर हमाल, जीतबहादुर मल्ल, नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश समिति अध्यक्ष देवीराम देवकोटालगायतले उच्च जोखिममा रहेको शिक्षालयसहित कर्णालीमा निर्माण हुने संरचना भूकम्प प्रतिरोधात्मक निर्माण हुनुपर्नेमा जोड दिएका थिए ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology