Logo

२०८१, बैशाख ८ गते शनिवार

२०८१, बैशाख ८ गते शनिवार

टेली फिल्म ‘भाविको लेखान्त’ को प्रोमो सार्वजनिक

टेली फिल्म ‘भाविको लेखान्त’ को प्रोमो सार्वजनिक

  • 226
    SHARES
  • टेली फिल्म ‘भाविको लेखान्त’ को प्रोमो सार्वजनिक

    काठमाडौं । समाजको यथार्थ घटनामा आधारित पारिवारिक सामाजिक सिरियल ‘भाविको लेखान्त’ को प्रोमो सार्वजनिक भएको छ ।

    images

    बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी उक्त प्रोमो सार्वजनिक गरिएको हो ।

    कबिरद्वारा लेखिएको उक्त सिरियलको निर्देशन सुरेन्द्र थापा र रमेश बुढा मगरले गरेका छन् भने तारा केसी, रमेश अधिकारी, रमेश भट्ट, गीता थापा, लेखान्त भुसाल, आकृति न्यौपाने, रमेश बुढा मगर, लक्ष्मण चौलागाई, प्रविन पुरी, सबिन घिमिरे, यसु भट्टराई र सुरेन्द्र थापा लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

    प्रोमो सार्वजनिक पछि चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौलाले सिरियल ‘भाविको लेखान्त’ एकदमै राम्रो रहेको प्रतिक्रिया दिए ।

    उनले सिरियलमा थप कला संस्कृतिलाई जीवन्त रुपमा उर्तानका लागि सुझाव पनि दिए । उनले भने,‘प्रोमो हेरे मैले, ‘मलाई राम्रो लाग्यो ग्रामीण ईलाकाको परिवेशलाई देखाउँने प्रयास गरिएको छ त्यो सबैभन्दा राम्रो पक्ष लाग्यो । थप के भन्न चाहन्छु भनि हाम्रो कला संस्कृति र परिवेशलाई जीवन्त रुपमा उर्तान सकियोस् । कलाकारहरुको अभिनय राम्रो छ ।’

    उनले नयाँ कलाकारहरु पपुलारिटीको अहंकारले पुराना कलाकारसँग बोल्न नखोज्ने गुनासो गर्दे यहि अहंकारले कलाकारहरु संठगठित हुन नसकेको बताए ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology