Logo

२०८०, जेठ १९ गते शुक्रवार

२०८०, जेठ १९ गते शुक्रवार

images
images

धानको उत्पादन बढाउन किसानलाई उन्नत जातको बीउ वितरण

धानको उत्पादन बढाउन किसानलाई उन्नत जातको बीउ वितरण

  • 65
    SHARES
  • धानको उत्पादन बढाउन किसानलाई उन्नत जातको बीउ वितरण

    कञ्चनपुर । शुक्लाफाँटा नगरपालिकाले धानको उत्पादन बढाउन किसानलाई उन्नत जातको धानको बीउ वितरण गरेको छ । नगरपालिकाको वार्षिक कार्यक्रमअनुसार एक सय ५० किसानलाई धानको बीउ वितरण गरिएको हो ।

    images

    किसानलाई सावा मन्सुली, राधा-४, सर्जु-५२, रामधान, सावित्री र सुक्खा धानको बीउ वितरण गरिएको नगरपालिकाको कृषि शाखाका प्रमुख करनसिंह बुढाऐरले बताए ।

    ‘समूह, सहकारी, फर्म र व्यक्तिगतरूपमा किसानको मागअनुसारको धानको बीउ वितरण गरेका छौँ’, शाखा प्रमुख बुढाऐरले भने, ‘६६ प्रति किलोका हिसाबले धानको बीउ खरिद गरी किसानलाई ३३ मा उपलब्ध गराएका छौँ ।’

    एक हजार पाँच सय २० किलो धानको बीउ किसानलाई वितरण गरिएको उनले बताए । धानको बीउका लागि नगरपालिको छ लाख बढी रकम खर्च गरेको छ । मसिनो र बढी उत्पादन दिने नगरपालिकाको माटो सुहाउँदो धानको बीउ वितरण गरिएको कृषि शाखा प्रमुख बुढाऐरको भनाइ छ ।

    ‘वितरण गरिएको धानको बीउ दुई सय बढी बिघा क्षेत्रफलमा रोप्नका लागि पुग्छ’, कृषि शाखा प्रमुख बुढाऐरले भने, ‘धानको उत्पादन बढेसँगै किसानको आयस्तरमा वृद्धि हुने अपेक्षा गरेका छौँ ।’

    नगरपालिकामा छ हजार पाँच सय हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको छ । त्यसको उत्पादन २० हजार मेट्रिकटन रहेको छ । धानको उत्पादन बढाउन किसानलाई प्रोत्साहित गर्न बीउ, कृषि औजार, यन्त्र, मलखाद, विषादी र प्रविधिमा सहयोग गर्ने कार्य भइरहेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टिकेन्द्रराज भट्टले बताए ।

    ‘नगरपालिकामा कृषिलाई आधुनिकीकरण गर्न अनुदानका कार्यक्रमसँगै किसानलाई तालिम दिने कार्य भइरहेको छ’, नगरपालिका प्रमुख अधिकृत भट्टले भने, ‘कृषि क्षेत्रको अध्ययन गर्न र तथ्यांक संकलन गर्नका लागि कन्सलटेन्ट नियुक्त गरी कार्य अगाडि बढाइएको छ ।’

    संकलित तथ्यांकका आधारमा नगरपालिको कृषिका लागि दीर्घकालीन योजना बनाइ कार्यान्वयनमा ल्याउने तयारी गरिएको उनको भनाइ छ । 

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology