Logo

२०८०, जेठ १९ गते शुक्रवार

२०८०, जेठ १९ गते शुक्रवार

images
images

भलिबल  कीर्गिस्तानले माल्दिभ्सलाई हरायो

भलिबल  कीर्गिस्तानले माल्दिभ्सलाई हरायो

  • 45
    SHARES
  • भलिबल  कीर्गिस्तानले माल्दिभ्सलाई हरायो

    काठमाडौं । राजधानीमा जारी एनएससी काभा (सेन्ट्रल एसियन भलिबल एशोसिएशन) महिला भलिबल च्यालेन्ज कपमा कीर्गिस्तानले माल्दिभ्सलाई पराजित गर्दै विजयी भएको छ ।

    images

    राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा आज भएको खेलमा कीर्गिस्तानले माल्दिभ्सलाई ३-० को साझो सेटले पराजित गर्दै विजयी भएको हो ।

    कीर्गिस्तानले माल्दिभ्सलाई पहिलो सेट २५-२०, दोस्रो सेट २५-२० र तेस्रो तथा अन्तिम सेट २५-१५ ले हरायो । उक्त प्रतियोगिताअन्तर्गत नेपालले सेमिफाइनल खेलमा भोलि काजकिस्तानको सामना गर्नेछ ।

    नेपाल र काजकिस्तानबीचको खेल अपराह्न पाँच बजे हुनेछ । त्यस्तै भोलि नै हुने अर्को सेमिफाइन खेलमा उज्वेकिस्तान र भारत आमने सामने हुनेछन् । उक्त खेल दिउँसो २ः३० बजे हुनेछ ।

    राखेपको विशेष सहयोग तथा नेपाल भलिबल सङ्घको आयोजनामा जारी उक्त प्रतियोगितामा विभिन्न आठ राष्ट्रको सहभागिता रहेको 

  • सम्बन्धित विषय:

  • # भलिबल

  • सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology