Logo

२०८१, बैशाख ८ गते शनिवार

२०८१, बैशाख ८ गते शनिवार

छात्रछात्रालाई शैक्षिक सामग्री वितरण

छात्रछात्रालाई शैक्षिक सामग्री वितरण

  • 168
    SHARES
  • छात्रछात्रालाई शैक्षिक सामग्री वितरण

    रसुवा । गरिब, जेहेन्दार विद्यार्थीको पठनपाठनमा सहज पार्न रसुवाका दुई विद्यालयमा निःशुल्क शैक्षिक सामग्री वितरण गरिएको छ ।

    images

    यसरी शैक्षिक सामग्री प्राप्त गर्नेमा दक्षिणी भेगस्थित ज्याङलाङ प्रावि र नीलकण्ठ नमूना मावि जिविजवेमा अध्यायनरत स-साना छात्रछात्रा रहेका छन् ।

    ती दुवै विद्यालयका एक सय १५ छात्रछात्रालाई कालिका गाउँपालिका-५ ले निःशुल्क शैक्षिक सामग्री वितरण गरेको हो ।

    कक्षा १ देखि ५ सम्मका छात्रछात्रालाई आफूले किताब, कमल, कापी, झोलालगायतका आवश्यक पर्ने सामग्री वडा कार्यालयको बजेटमार्फत आफूले व्यवस्थापन गरेको र आफ्नो कार्यावधिभर निरन्तरता दिने कालिका गाउँपालिका-५ का वडाध्यक्ष सन्दीप पौडेलले जानकारी दिए ।

    आफ्नो वडामा सञ्चालित ज्याङलाङ प्रावि र नीलकण्ठ नमूना मावि जिवजिवेमा कक्षा १ देखि नै अङ्ग्रेजीसमेतको माध्यमद्वारा पठनपाठन सुरु गराइएको र सरकारी विद्यालयले पनि निजी बोर्डिङसरह पठनपाठन गराउँछ भन्ने जिवजिवे क्षेत्रका विद्यालयले प्रमाणित गर्नेमा आफू आशावादी भएको वडाअध्यक्ष पौडेलले बताए ।

    वडा कार्यालयले गरेको प्रयासबाट पठनपाठनको गुणस्तर बढ्न गई भावी दिनमा सबै विद्यार्थी सरकारी विद्यालयतर्फ नै केन्द्रित रहने विश्वाससमेत उनले व्यक्त गरे ।

    विद्यार्थीलाई आवश्यक पर्ने सबै प्रकारका पाठ्यसामग्री उपलब्ध गराई कलिला बालबालिकाको भविष्य उज्ज्वल पार्ने कार्यमा वडा कार्यालयले गरेको सहयोग जनहितकारी हुने स्थानीय अभिभावकले बताएका छन् ।

    गुणस्तरीय शिक्षा आजको आवश्यक्ता भएकाले आफ्ना मातहतको वडा कार्यालयमार्फत वितरण गरिएको पाठ्यसामग्रीले शैक्षिक जागरण बढ्नेमा आफू आशावादी रहेको कालिका गाउँपालिका अध्यक्ष हरिकृष्ण देवकोटाले जानकारी दिए ।

    पठनपाठनका लागि राम्रो मानिएका यी दुई विद्यालयमध्ये ज्याङ्लाङ प्राविको स्थानीय शिक्षाप्रेमी एवं रसुवा नुवाकोट पर्यटन समाजका अध्यक्ष बलराम न्यौपानेमार्फत दाताको सहयोगमा गुणस्तरीय भवन निर्माण सम्पन्न भइसकेको र वि.सं २०७२ को भूकम्पले क्षति पुर्याएको जिवजिवे नीलकण्ठ नमूना मावि भने हालसम्म पुनःनिर्माण हुन नसक्दा पठनपाठनमा असहज बन्दै गएको शिक्षकले बताएका छन् ।

    भौगोलिक विकटता रहेको हिमाली जिल्ला रसुवामा पछिल्लो समय अधिकांश क्षेत्रमा ग्रामीण सडकको पहुँच पुगेका कारण विद्यार्थीलाई विद्यालयतर्फ जानसमेत पैदलमार्गको सहजता मिल्दै गएको बताइएको छ । 

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology