Logo

२०८०, चैत्र १५ गते बिहिवार

२०८०, चैत्र १५ गते बिहिवार

एनएससी–काभा अन्तर्राष्ट्रिय महिला भलिबल प्रतियोगितामा कजाकस्तानसँग भिड्दै नेपाल

एनएससी–काभा अन्तर्राष्ट्रिय महिला भलिबल प्रतियोगितामा कजाकस्तानसँग भिड्दै नेपाल

  • 246
    SHARES
  • एनएससी–काभा अन्तर्राष्ट्रिय महिला भलिबल प्रतियोगितामा कजाकस्तानसँग भिड्दै नेपाल

    काठमाडौं । एनएससी–काभा अन्तर्राष्ट्रिय महिला भलिबल प्रतियोगिताअन्तर्गत नेपालले कजाकस्तानसँग प्रतिश्पर्धा गर्दैछ ।

    images

    प्रतियोगिताको दोस्रो सेमिफाइनल अन्तर्गत नेपालले साँझ ५ बजे कजाकस्तानसँग प्रतिश्पर्धा गर्न लागेको हो ।

    त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद राखेपको कभर्डहलमा हुने खेलमा कजाकस्तानलाई हराए नेपाल फाइनल पुग्नेछ ।  नेपाल समूह ए को उपविजेता बन्दै सेमिफाइनलमा पुगेको हो ।

    कजाकस्तान समूह बी को विजेता बन्दै अन्तिम चारमा पुगेको हो । काजखस्तानले ९ सेट जित्दा २ सेट मात्र गुमाएको छ ।

    काजखस्तानले माल्दिभ्सलाई सोझो सेटमा पराजित गरेको थियो भने श्रीलंका र उज्वेकिस्तानले कडा टक्कर दिएका थिए । श्रीलंका र उज्वेकिस्तान विरुद्ध काजखस्तान समान ३–१ को सेटमा विजयी भएको थियो ।

    घरेलु टोली नेपाल समूह ए मा दुई जित र एक हारबाट समूह उपविजेता बन्दै सेमिफाइनल पुगेको हो । कीर्गिस्तान र बंगलादेशलाई सोझो सेटमा हराएको नेपाल भारतसँग प्रतिस्पर्धात्मक खेलमा ३–१ को सेटमा पराजित भयो । नेपालले प्रतियोगितामा ७ सेट जित्दा ३ सेट गुमाएको छ ।

    राखेपको विशेष सहयोग तथा नेपाल भलिबल संघको आयोजनामा जारी प्रतियोगितामा नेपाल, बंगलादेश, माल्दिभ्स, भारत, श्रीलंका, किर्गिस्तान, उज्वेकिस्तान र काजकिस्तानको सहभागि छन् ।

    पहिलो सेमिफाइनलमा भारत र उज्वेकिस्तानबीच प्रतिस्पर्धा हुनेछ । दुई टोलीबीचको खेल दिउँसो २ः३० बजे सुरु हुनेछ ।

    नेपाल र काजखस्तान खेल्नुअघि भारतले पहिलो सेमिफाइनलमा उज्वेकिस्तानसँग खेल्नेछ । भारत अपराजित हुँदै समूह ‘ए’ को विजेता बन्दा उज्वेकिस्तान समूह ‘बी’ को उपविजेताको रुपमा सेमिफाइनल पुगेको थियो ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology