Logo

२०८०, जेठ १९ गते शुक्रवार

२०८०, जेठ १९ गते शुक्रवार

images
images

गम्भीर आरोप टाउकोमा बोकेर सदनमा भाग लिन सक्दैनौं : सुवास नेम्वाङ

गम्भीर आरोप टाउकोमा बोकेर सदनमा भाग लिन सक्दैनौं : सुवास नेम्वाङ

  • 42
    SHARES
  • गम्भीर आरोप टाउकोमा बोकेर सदनमा भाग लिन सक्दैनौं : सुवास नेम्वाङ

    काठमाडौं । नेकपा एमालेका संसदीय दलका उपनेता सुवास नेम्वाङले पशुपतिनाथमा पिलतलको जलारी चढाएर एमालेका अध्यक्ष केपी शर्मा ओलीले भ्रष्टाचार गरेको भन्ने सत्ता पक्षबाट लागेको आरोपको छानविनका लागि माग गरेका छन् ।

    images

    शुक्रबार प्रतिनिधिसभाको बैठकमा उनले सत्ता पक्षले लगाएको  आरोप टाउकोमा बोकेर सदनमा भाग लिन नसक्ने भन्दै माफी माग्न लगाउन माग गरेका हुन् ।

    उनले भने,‘प्रतिपक्षको हाम्रो जिम्मेवार नेतामाथि लागेको कुरा गैरजिम्मेवार छ । सुनको जलहरीको नाममा पशुपतिनाथमा पिलतलको जलहरी चढाएर भ्रष्टाचार गर्ने काम भएको छ । यो यति गम्भीर आरोप लागेको छ । सत्ता पक्षले यस्तो आरोप लगाएको छ यो टाउकोमा बोकेर कसरी भाग लिन सक्छौं हामी । दूधको दूध पानीको पानी होस् । यो छानबीन गरेर टुङ्गोमा पुर्याउँ सम्पूर्ण कुरा सफा भएपछि मात्र हाउसमा बसौं ।’

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology