Logo

२०८०, जेठ १९ गते शुक्रवार

२०८०, जेठ १९ गते शुक्रवार

images
images

नक्कली शरणार्थी प्रकरण : प्रतिवादीहरूको बयान सुरु

नक्कली शरणार्थी प्रकरण : प्रतिवादीहरूको बयान सुरु

  • 48
    SHARES
  • नक्कली शरणार्थी प्रकरण : प्रतिवादीहरूको बयान सुरु

    काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा आजदेखि प्रतिवादीहरुको बयान सुरु भएको छ ।

    images

    काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा प्रतिवादीद्वय केशव दुलाल र सागर राईको बयान लिन थालिएको छ ।

    नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने प्रपञ्चमा लागेका ३० जना विरुद्ध गत बुधबार जिल्ला अदालत काठमाडौंमा ठगी र कीर्ते लगायतको मुद्दा दायर गरिएको थियो ।

    आरोपी १६ जना मात्र पक्राउ परेकाले उनीहरुको मात्र बयान लिइने तयारी गरिएको छ ।

    आरोपीहरुको बयान र थुनछेकका लागि कम्तीमा दुई साताको समय लाग्न अनुमान गरिएको छ । आज शुक्रबार परेकोले बढीमा दुई जनासम्मको बयान लिने कार्य हुने छ ।

    नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै आरोपीहरुको मिलेमतोमा १ सय ४५ जनाभन्दा बढीसँग २८ करोड ८४ लाख ठगी भएको थियो ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology