काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार एमालेविरुद्ध नियोजित रुपमा लागेको आरोप लगाएका छन् ।
शुक्रबार काठमाडौं आयोजित निर्वाचित जनप्रतिनिधिका लागि अनुशिक्षण तथा प्रशिक्षण कार्यक्रममा बोल्दै सरकारले एमालेविरुद्ध हिलो छ्याप्ने काम गरिरहेको आरोप लगाए ।
आफूविरुद्ध भएको आक्रमण समेत सरकार कै हात रहेको उनको आशंका छ । ‘अस्ति म माथिको आक्रमणमा सरकारले दुःख मनाउ चिन्ता व्यक्त कतै गरेन । सरकार भित्रभित्र प्रोत्साहीत गर्ने संरक्षण गर्ने, बाहीर चुप लागेर बस्ने तर वास्तवमा सरकारको भूमिका एमालेको विरोधमा छ । एमालेको विरुद्धमा काम गरेको छ । सारा सत्ता पक्षले नीति कार्यक्रम विर्सेर केपी ओलीको विरोधमा उत्रियो ।’
उनले भुटानी शणनार्थी प्रकरणमा सरकारी पक्षका मान्छेले पैसा लिएको कुरा आउँदासम्म सरकारले संरक्षण गरेको आरोप लगाए ।
‘९ करोड बुझाए भन्छ एउटा मान्छे । कहाँबाट ल्याएर बुझायो । दुनियाँसँग पैसा उठाएको छ उसले अपराधी हो कि हैन ? तर सरकार ९ करोड बुझाएको मान्छेलाई सरकारी गवाह भनेर सूचनादातामा राख्छ । यहाँ मिलेमत्तो छैन भनेर कसरी भन्ने ? भष्टाचार चार छैन कसरी भन्ने ? क-कस्को संलग्नता छ त्यो विस्तारै उजागर हुँदै जानेछ । एमालेको विरुद्ध हिलो छ्याप्ने प्रयास, आरोपति गर्ने प्रयास अनेक प्रयासहरु हुन सक्छ । अनेक प्रकारको हमला हुन सक्छ,’ उनले भने ।
Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology