Logo

२०८०, जेठ १९ गते शुक्रवार

२०८०, जेठ १९ गते शुक्रवार

images
images

जड्याँहाले जाँडको तालमा पनि बोल्न नसक्ने कुरा आरोप लगाइयो : केपी ओली

जड्याँहाले जाँडको तालमा पनि बोल्न नसक्ने कुरा आरोप लगाइयो : केपी ओली

  • 42
    SHARES
  • जड्याँहाले जाँडको तालमा पनि बोल्न नसक्ने कुरा आरोप लगाइयो : केपी ओली

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले पशुपतिमा सुनको जलहरी चढाएको विषयमा आफूमाथि निराधार आरोप लगाइएको प्रष्टीकरण दिएका छन् ।

    images

    नवनिर्वाचित स्थानीय तहका जनप्रतिनिधिहरूलाई दुई दिने अनुशिक्षण तथा प्रशिक्षण कार्यक्रममा क्रममा उनले आधारहिन, असत्य र जनतालाई भ्रम पार्ने  आरोप आफूमाथि लगाइएको भन्दै प्रमाण पेश गर्न चुनौती दिए ।

    आफूले जीवनभर भ्रष्टाचार विरुद्धको अभियान चलाउँदै आएको जिकिर गरेका उनले पार्टीमाथि यस्तो प्रकारको आरोप जँडियाले जाँड खाएको तालमा पनि बोल्न नसक्ने आरोप लगाइएको टिप्पणी गरे ।

    उनले भने,‘आज संसद अवरुद्ध भईरहेको छ । अस्तिका दिन एक जना माओवादीले कोभिडको औषधीमा २ अर्ब खायो, पशुपतिमा सुनको जलहरी चढाउँछु भनेर पित्तलको चढाएर भ्रष्टाचार गर्यो भनेर बोल्यो । आज त्यस विषयमा संसद अवरुद्ध छ हुनैपर्छ ।  किनभने यस्तो बक्वास यो त एउटा जँडियाले जाँड खाएको तालमा पनि त्यस्तो कुराहरु बोलेर हिँन्दैन ।’

    उनले सम्पूर्ण हिसाबले एमाले तर्फ चौतर्फि रुपमा घेराबन्दी भएको भन्दै भ्रष्टाचारको विरोधी, स्वच्छताको पक्षमा उभिएको एमालेलाई बदनाम गर्न खोजियो टिप्पणी गरेका छन् ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology