Logo

२०८०, जेठ १९ गते शुक्रवार

२०८०, जेठ १९ गते शुक्रवार

images
images

स्वास्थ्यमन्त्री बस्नेत स्वदेश फिर्ता

स्वास्थ्यमन्त्री बस्नेत स्वदेश फिर्ता

  • 44
    SHARES
  • स्वास्थ्यमन्त्री बस्नेत स्वदेश फिर्ता

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेत स्वदेश फिर्ता भएका छन् ।

    images

    स्विजरल्यान्डको जेनेभामा भइरहेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को ७६औँ महासभामा सहभागी भएर उहाँ आज बिहान स्वदेश फिर्ता भएका हुन् ।

    सभामा रहँदा नेपालको स्वास्थ्य क्षेत्रसम्बन्धी काम गरिरहेका विभिन्न मित्रराष्ट्रहरु दाताहरु तथा सम्बद्ध निकायसँग भेट गरेको उनका प्रेस सल्लाहकार रामचन्द्र दुलालले जानकारी दिए ।

    बजेटका कारण उनले महासभा नसकिँदै स्वदेश फर्किएका हुन् । मन्त्री बस्नेतसँगै मन्त्रालयका अतिरिक्त स्वास्थ्य सचिव डा.विकास देवकोटासहित ६ जनाको समूह जेनेभा गएको थियो ।

    मन्त्री बस्नेत स्वदेश फर्के पनि मन्त्रालयका अतिरिक्त स्वास्थ्य सचिव डा देवकोटाको टोली महासभामा सहभागी रहेको छ ।

    महासभाले डब्लुएचओको नीति निर्धारण गर्ने, वित्तीय नीतिको सुपरिवेक्षण गर्ने र प्रस्तावित कार्यक्रम बजेटको पुनरावलोकन र अनुमोदन गर्नेछ ।

    महासभा यही जेठ ७ देखि १६ गते (मे २१ देखि ३० गते)सम्म हुनेछ ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology