Logo

२०८०, चैत्र १५ गते बिहिवार

२०८०, चैत्र १५ गते बिहिवार

थापाको टिप्पणी- पाँच पूर्वप्रधानमन्त्री लाग्दा पनि ओलीलाई केही गर्न सकेनन्, विचरा  !

थापाको टिप्पणी- पाँच पूर्वप्रधानमन्त्री लाग्दा पनि ओलीलाई केही गर्न सकेनन्, विचरा  !

  • 833
    SHARES
  • थापाको टिप्पणी- पाँच पूर्वप्रधानमन्त्री लाग्दा पनि ओलीलाई केही गर्न सकेनन्, विचरा  !

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले पाँचजना पूर्वप्रधानमन्त्री लाग्दा पनि वर्तमान प्रधानमन्त्रीलाई केही गर्न नसकेको टिप्पणी गरेका छन् । 

    images

    शनिबार पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, पुष्पकमल दाहाल (प्रचण्ड), माधवकुमार नेपाल, झलनाथ खनाल र डा.बाबुराम भट्टराईले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै वहालवाला प्रधानमन्त्री ओली स्वेच्छाचारिता र गैर-लोकतान्त्रिक कदममा लिप्त भएको आरोप लगाएकोप्रति थापाले यस्तो टिप्पणी गरेका हुन् ।

    पूर्वप्रधानमन्त्रीहरुले विज्ञप्ति जारी गर्दै वर्तमान सरकारले चुरे मास्ने निर्णय गरेको, कोरोना रोकथाका लागि स्वास्थ्य सेवामा केही काम नगरेको र खोप ल्याउनेबारे कुनै प्रयास नगरेको, प्रधानमन्त्री ओलीले संविधानमै नभएको कानुनमा टेकेर २ पटक प्रतिनिधिसभा विघटन गरेको र अल्पमतमा परिसकेपछि पनि २ पटक मन्त्रिपरिषद् विस्तार गरेर सर्वसत्तावादी चरित्र देखाएको दाबी गरेका छन् । 

    सोही विज्ञप्तिको प्रतिक्रिया दिँदै नेकपाका केन्द्रीय सदस्यसमेत रहेका थापाले सत्ताको भोकका कारण पूर्वप्रधानमन्त्रीहरुले वर्तमान प्रधानमन्त्री ओलीलाई ओरोप लगाएको बताएका हुन् ।   

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology