Logo

२०८१, बैशाख ७ गते शुक्रवार

२०८१, बैशाख ७ गते शुक्रवार

नेपाल काभा महिला भलिबल च्यालेन्ज कपमा तेस्रो

नेपाल काभा महिला भलिबल च्यालेन्ज कपमा तेस्रो

  • 206
    SHARES
  • नेपाल काभा महिला भलिबल च्यालेन्ज कपमा तेस्रो

    काठमाडौं । उज्वेकिस्तानलाई ३–२ को सेटमा पराजित गर्दै नेपाल जारी काभा महिला भलिबल च्यालेन्ज कपमा तेस्रो भएको छ ।

    images

    आइतबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् राखेपको कभर्डहलमा सम्पन्न खेलमा उज्वेकिस्तानलाई ३–२ को सेटमा पराजित गर्दै नेपाल तेस्रो भएको हो ।

    पहिलो सेट २५–२० ले गुमाएको नेपालले त्यसपछिका तीन सेटमा लगातार जित निकाल्दै तेस्रो स्थान हासिल गर्‍याे ।

    दोस्रो सेटमा उज्वेकिस्तानलाई २५–१६ले पछि पारेको नेपालले तेस्रो र चौथो सेटमा क्रमशः २५–१५ र २५–१३ को जित निकाल्यो ।

    सेमिफाइनलमा स्थान पक्का गरेका उज्वेकिस्तान र नेपाल अन्तिम खेलमा पराजित हुँदा समूह उपविजेता बनेका थिए ।

    आज हुने फाइनलमा भारत र काजकिस्तान उपाधिका लागि प्रतिस्पर्धा गर्दै छन् । भारत समूह ए बाट अपराजित रहँदै फाइनल पुगेको हो भने काजकिस्तान समूह बी मा अपराजित रह्यो । जेठ ८ गतेदेखि सुरू भएको प्रतियोगितामा नेपालसहित आठ राष्ट्रको सहभागिता थियो । 

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology