वेबटिभी खबर
मुम्बई । वर्षाका कारण भारतको मुम्बई सहरका सडकहरुमा बाढी आएको छ । मायनगरीमा शनिबार यति ठूलो वर्षा भयो कि चण्डीवालीदेखि मुम्बईसम्मका धेरै क्षेत्रहरु पानीले भरिएका थिए ।
सडकमा पानी भरिएर बाढी आएपछि चण्डीवली क्षेत्रका शिव सेनाका विधायकहरुले ठेकेदारलाई घटनास्थलमै सजाय दिएका छन् । नाली राम्ररी सफा नगरेकाे आरोप लगाउँदै शिव सेनाका विधायक दिलीप लन्डेले ठेकेदारलाई पानी भरिएको सडकमा बस्न लगाएर सबैको अगाडि सडक छेउको फोहोर उठाएर उनको टाउकोमाथि राखिदिए ।
#WATCH | Mumbai: Shiv Sena MLA from Chandivali, Dilip Lande makes a contractor sit on water logged road & asks workers to dump garbage on him after a road was waterlogged due to improper drainage cleaning
— ANI (@ANI) June 13, 2021
He says, "I did this as the contractor didn't do his job properly" (12.6) pic.twitter.com/XjhACTC6PI
भिडियोमा लन्डे र उनका समर्थकहरू ठेकेदारलाई पानी भरेको सडकमा बस्न बाध्य पार्दै र कामदारहरूलाई उसमाथि फोहोर फाल्न भनिरहेका छन् । समाचार संस्था एएनआइले जारी गरेको भिडियोमा पानी भरिएको सडकमा बसेका ठेकेदारको टाउकोमा फोहोर राखेको देखिन्छ ।
भिडियो समाचारअनुसार नाली सफा नहुँदा उक्त क्षेत्रमा बाढी आएको छ । फोहोर सफा गर्ने व्यक्तिहरुले राम्रोसँग काम नगर्दा ढलसहितको बाढी आएको स्थानीयले गुनासो गरेपछि आफूले ठेकेदारलाई सजाय दिएको बताएका छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij