Logo

२०८०, चैत्र १६ गते शुक्रवार

२०८०, चैत्र १६ गते शुक्रवार

ट्रकको ठक्करबाट घाइते भएकी महिलाको मृत्यु

ट्रकको ठक्करबाट घाइते भएकी महिलाको मृत्यु

  • 146
    SHARES
  • ट्रकको ठक्करबाट घाइते भएकी महिलाको मृत्यु

    काठमाडौं । कलंकीमा ट्रकको ठक्करबाट घाइते भएकी तनहुँ घर भई चन्द्रागिरि नगरपालिका-१४ नैकाप बस्ने महिलाको मृत्यु भएको छ ।

    images

    ट्रकको ठक्करबाट गम्भीर घाइते भएकी ६४ वर्षीया सन्तुमाया राउतको उपचारका क्रममा आज वीर अस्पतालमा मृत्यु भएको प्रहरी प्रधान कार्यालय नक्सालस्थित प्रहरी समाचार कक्षले जनाएको छ ।

    आइतबार दिउँसो कलंकी चोकमा सुदूरपश्चिम प्रदेश ०१–००१ ख २९४१ नम्बरको ट्रकले बाग्मती प्रदेशको ०२-००४प४७०३ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटरको पछाडि सवार राउत गम्भीर घाइते भएकी थिइन् । ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology