Logo

२०८१, बैशाख ४ गते मंगलवार

२०८१, बैशाख ४ गते मंगलवार

विद्यालयमा ‘सिकाउने र टिकाउने’ कार्यक्रम

विद्यालयमा ‘सिकाउने र टिकाउने’ कार्यक्रम

  • 212
    SHARES
  • विद्यालयमा ‘सिकाउने र टिकाउने’ कार्यक्रम

    काठमाडौं । सरकारले बालशिक्षालाई उच्च प्राथमिकतामा राखेर विद्यालयमा बालबालिका टिकाउने कार्यक्रम सञ्चालन गरिने घोषणा गरेको छ ।

    images

    अर्थमन्त्री डा.प्रकाशशरण महतले आज संघीय संसद्मा आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) पेस गर्दै आधारभूत शिक्षाअन्तर्गत बालशिक्षालाई व्यवस्थित र पहुँचयोग्य बनाइने बताए ।

    प्रारम्भिक बालविकास केन्द्रको नक्सांकन गरी पुनःवितरण गरिने उनले बताए । बालबालिकालाई विद्यालयमा ल्याउने सिकाउने र टिकाउने कार्यक्रमलाई विस्तार गरिनेछ ।

    बालबालिकालाई कृषिमा आधारित प्रयोगात्मक शिक्षा दिने व्यवस्था गरिने बजेटमा उल्लेख छ ।

    अर्थमन्त्री डा.महतले हिमाली तथा दुर्गम क्षेत्रका बालबालिकालाई आवासीय छात्रवृत्ति दिइने, मातृभाषामा आधारभूत शिक्षा दिने व्यवस्थालाई प्रभावकारी कार्यान्वयन गरिने बताए ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology