धादिङ । धादिङमा भिरबाट लडेर आमा-छोराको मृत्यु भएको छ । बेनिघाट रोराङ गाउँपालिका-२ की १९ वर्षीया अप्सरा चेपाङ र उनका दुई वर्षीय छोरा साजनको मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक गौतम मिश्रका अनुसार सोमबार घर नजिकैको जंगलमा छोरा बोकेर घाँस काट्न गएकी अप्सरा भिरबाट लडेकी हुन ।
दुवैजनाको उपचारको क्रममा मलेखु शिक्षण अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology